एमाले लालझाडीको अध्यक्ष पुन ओम प्रकास राना


लालझाडी : नेकपा एमाले लालझाडी गाँउकमिटिको अध्यक्षमा पुन ओम प्रकास राना चयन भएका छन । शुक्रबार एमाले लालझाडीको दोस्रो पालिका अधिवेशनबाट फेरी अध्यक्षमा राना नै चयन भएका हुन । एमाले कञ्चनपुरका सचिवालय सदस्य राधाकृष्ण जोशी(ज्वाला)ले सहमतीय आधारमा लालझलाडीमा कमिटि चयन गरिएको बताए ।

उपाध्यक्ष रामदास राना, सचिव नारायण राना, उपसचिवद्वय राजेश राना, भागरथी भण्डारी सहित ४१ सदस्य रहेका छन । एमाले पोलिट्ब्यूरोसदस्य नारदमुनी रानाको प्रमुख आथित्यका भएको कार्यक्तमको अध्यक्ष मण्डल पाटी केन्द्रीय सदस्य नर ब. धामी रहेका थिए । कार्यक्रममा जिल्ला सचिव पल्लब भट्ट, प्रदेश सदस्य हरु, पार्वती जोशी,फैरु तामांङ,खेम राज ओझा, जिल्ला कमिटी सचिवालय सदस्य राधाकृष्ण जोशी ज्वाला लगायतको सहभागिता रहेको थियो ।

शुक्रबारदेखि एमाले अधिवेशन शुरु भएको छ । यस पटक सहमतीय आधारमा पालिका नेतृत्व टुङगो लगाउने लालझाडी पालिका पहिलो भएको छ ।


Loading Viewer...

ताजा समाचार

spot_img