कञ्चनपुर : नेपाल कम्युनिष्ट पाटी(विप्लव) बेलौरी नगरको इन्चार्जमा लक्ष्मण सी र सेक्रेटरीमा रामलाल चयन भएका छन । बिहीबार सम्पन्न भएको नेकपा विप्लव बेलौरीको दोस्रो नगर सम्मेलनबाट इन्चार्जमा लक्ष्मण र सेक्रेटरीमा रामलाल चयन भएका हुन ।

नेकपा विप्लव कञ्चनपुरका इन्चार्ज विष्णू प्रकास उपाध्याय(बिराट)को प्रमुख आथित्यमा सम्मेलन भएको थियो । सम्मेलनपछि जनतामाथि अन्याय गरेको भन्दै बेलौरीमा रहेको युनिक लघुवित्तमा तालाबन्दी र साईनबोड तोडफोड गरेका छन । जबरजस्त कालोसुचिमा राखेर जनता हैरान गरेको भन्दै लघुवित्तमा तालाबन्दी र बोर्ड तोडफोड गरेको नेकपा विप्लव नेताहरुले बताएका छन ।







