दोधारा चाँदनीको अलपत्र ‘दराती रोड’ : स्थानियहरुलाई चरम सास्ती

दोधारा । दोधारा चाँदनीको ‘दराती रोड’ ठेकेदारले निमार्ण कार्य बिचैमा छाडेपछि स्थानियहरुलाई हिडडुल गर्न निकै सकस भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्यायको घर नजिक देखि चन्द चौराह हुदै पुर्णागिरी आधारभुत जाने पक्की सडक खण्ड निमार्ण कार्यमा ठेकेदारले निमार्ण कार्य अलपत्र छाडेपछि स्थानियहरुलाई आवातजावत गर्न समेत निकै समस्या भएको स्थानियहरुले बताएका छन् । संघिय सरकारको योजना अनुसार झण्डै डेढ किलोमिटर पक्की सडक संग २ स्थानमा स्लेव ढलान गर्ने योजना अनुरुप उक्त अलपत्र ‘दराती रोड’ २ वर्ष अघि निमार्ण कार्य सुरु गरिएको हो । दुई निमार्ण कम्पनीले पक्की सडक निमार्ण कार्यलाई बिचैमा अलपत्र छाडेपछि स्थानियहरुलाई आवातजावतमा निकै सकस भएको हो ।

स्थानियहरुले सडक निमार्ण कार्य अघि बढाउन स्थानिय सरकार, प्रदेश सरकार र संघिय सरकारलाई गुहार लगाउदा समेत अझै सम्म कहि कतैबाट सुनुवाई नभएको स्थानियहरुको गुनासो रहेको छ् । निमार्ण कम्पनीले दुई स्थानमा स्लेव ढलान काय अधुरो छाडेपछि स्थानियहरुले उक्त स्थानमा काठको पुल बनाएर हिडडुल गर्दै आएका छन् । स्थानियहरुले स्लेव ढलान गर्ने स्थानमा काठको पुल बनाएर केही दिन अघि दरातीले रिविन काटेर पुलको उद्धघाटन गरे संगै उक्त सडकको नाउ दराती सडक नामाकरण गरिएको हो ।

२ वर्ष अघि निमार्ण कार्य सुरु गरिएको सडक अलपत्र बनाएर हिड्न समेत समस्या भएको बताउदै स्थानियहरुले दोधारा चाँदनी नगरपालिका कार्यालयमा धर्ना समेत दिएका थिए । नगरपालिका कार्यालयले अलपत्र रहेको सडकमा हिडडुल सहजताको लागी ग्रविल सडक सम्याउने कार्य गरेतापनि दुई स्थानमा रहेको स्लेव ढलान भने अलपत्र हुदा स्थानियहरु नेपाल सरकारको कार्य प्रति आक्रोस ब्यक्त गर्दै आएका छन् । झण्डै रु. ३ करोडमा निमार्ण कार्य सुरु गरिएको पक्की सडकमा निमार्ण कार्य अघि नबढाएपछि स्थानियहरु आक्रोसित भएका छन् ।

उक्त अधुरो सडक निमार्ण कार्यको नेपाली काग्रेंसको नेता तथा पुर्व मन्त्री रमेश लेखक, शुदुरपश्चिम सरकारका सदस्य बेल बहादुर रानाले अनुगमन समेत गरेका छन् । ठेकेदारको चरम लापरवाहीको कारण पक्की सडक अलपत्र भएको उनिहरुको भनाई रहेको छ् ।

स्लेव ढलान गरिएको स्थानमा स्थानियहरुले हिडुल गर्न बनाएको काठे पुलमा रातीको समयमा आवतजावत गर्नेहरु लडेर स्थानियहरु घाईते हुने क्रम भने रोकिएको छैन् ।

ताजा समाचार