गाँउघरको चौतर्फि विकासका लागि बेदकोट ८द्वारा मुख्यमन्त्रीलाई ज्ञापन


कञ्चनपुर, : कञ्चनपुरको एक वडा कार्यालयले गाँउघरको चौतर्फी बृद्धि विकासका सुदूरपश्चिम प्रदेश सरकार एव संसदलाई ज्ञापन पत्र बुझाएको छ । बेदकोट नगरपालिका ८ वडा कार्यालयले गाँउघरको तौतर्फि बृद्धि विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री र संसदलाई ज्ञापन पत्र बुझाएको हो ।

बेदकोट नगरपालिका ८का वडाध्यक्ष महेश दत्त जोशीले बुधबार मुख्यमन्त्री दिर्घ बहादुर सोडारी र संसद प्रकास रावललाई ज्ञापन पत्र बुझाएका छन । निर्वाचन क्षेत्र ३(क)बाटै निर्वाचित पुर्व आर्थिक मामिलामन्त्री एव हालका संसद रावललाई र मुख्यमन्त्री सोडारीलाई राजमार्गदेखि उत्तर चुरेसंगै जोडिएको वडाका गाँउघरको दीगो विकास र सम्बृद्धिका लागि ध्यानाकर्ष सहितको ज्ञापन पत्र बुझाएको हो ।

वडाध्यक्ष जोशीले पूर्वाधारदेखि वडाका एटुजेट समस्या समाधानका लागि ३३ बुँदे ज्ञापन पत्र बुझाएका छन ।
ज्ञापन पत्र बुझ्दै संसद रावल र मुख्यमन्त्री सोडारीले उक्त वडाको बृद्धि विकासका लागि आ–आफ्नो ठाँउबाट पहल गर्ने प्रतिबद्धता जनाएका छन । वडाध्यक्ष जोशीले यस अघि पनि प्रदेश र संघीय सरकारका विभिन्न मन्त्रालयमा वडाको दीगो विकासका लागि ज्ञापन पत्र बुझाउँदै आएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img