पृथ्वी सरक्षणमा जोड


कञ्चनपुर: कञ्चनपुरका सरक्षणकर्मीले पृथ्वी सरक्षणमा जोडदिएका छन । बुधबार विश्व वातावरण दिवस मनाउँदै सरक्षणकर्मीले पृथ्वी सरक्षणमा जोडदिएका हुन । कृष्णपुर नगरपालिका २ वाणीमा चुरे लालझाडी जैविक मार्ग कृषि सरक्षण सहकारी र सामुदायिक वन समन्वय समितिले संयुक्त रुपमा वातावरण दिवसका अवसरमा अन्तरकृया गर्दै सिङ्गो पृथ्वी सरक्षणमा जोडदिएका छन । दिवसमै अवसरमा सामुदायिक वन समन्वय समितिले बनाएको विभिन्न प्रजातिको नर्सरीमा सिँचाई समेत गरेर अन्तरकृया गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका सामुदायिक वन समन्वय समितिका अध्यक्ष एव पुर्व सासद महेश दत्त जोशीले पछिल्ला बर्षहरुमा वन पर्यावरण र बन्यजन्तुको सरक्षण अभावमा जलवायु परिर्वतनका लागि मानव जातिमाथि गम्भिर असर परिरहेको बताउँदै पृथ्वीको सरक्षणका लागि कार्यक्रम संचालनमा जोडदिए । सरक्षणकर्मी समेत रहेका जोशीले दिवस दिवसमै सिमित नभई सबैले व्यवहारिक रुपमा वातावरण सरक्षण, प्रर्बद्धनका कार्यक्रम संचालन गर्नुपर्ने बताए । ‘जलबायु परिर्वतनले दिनानुदिन पृथ्वीमा परिरहेको असर प्रत्यक्ष प्रणालीमा परिरहेको छ, ‘उनले भने, ‘हामी मानवका कृयाकलापले गर्दा वातावरणमा परिरहेको असर न्यूनिकरणका लागि भूमिका निर्वाह गर्नुपर्छ ।’

कार्यक्रमको अध्यक्षता ग्रहण समेत गरेका चुरे लालझाडी जैविक मार्ग कृषि सरक्षण सहकारीका अध्यक्ष एव सरक्षणकर्मी शिवदत्त पन्तले सहकारीका उपभोक्तालाई जलवायु परिर्वतनको असर र वातावरण सरक्षणमा भूमिका निर्वाह गर्न गराउने कार्यक्रम राखिएको बताए । ‘हामीले जलवायुमा असर पु¥याउने प्लाष्टिकजन्य बस्तु निरुत्साहित गर्न र जैविक विभिन्न बिरुवाका पातको उपभोग गर्न उत्साहित गरेका छौँ ।’ स्थानीयहरुले समेत वातावरण सरक्षण गर्दै मानव जातिको अस्थित्व सरक्षणमा जोडदिएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img