विश्व वातावरण दिवसको अवसरमा उत्थानशील युवा सञ्जालद्वारा वृक्षारोपण र सरसफाई

पप्पु गुरुङ्ग, दोधारा । कञ्चनपुरमा विश्व वातावरण दिवस–२०८१ को अवसरमा वृक्षारोपण गरिएको छ् । उत्थानशील युवा सञ्जालको आयोजना तथा डीसीए नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को सहयोगमा ‘हाम्रो भुमि, हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराका सहित सरसफाई तथा वृक्षारोपण गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले जानकारी दिएका छन् । भीमदत्त नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले भीमदत्त नगरपालिकाको भीम वाटिकामा वृक्षारोपण गरेको छ् भने, दोधारा चाँदनी नगरपालिका स्तरीय उत्थानशील युवा सञ्जालले दोधारा चाँदनी नगरपालिका बाबाथान मन्दिर क्षेत्र र ईलाका प्रहरी कार्यालयमा पुष्परोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरिएको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) सुद्दढ परियोजनाका कार्यक्रम संयोजक राजकुमार सुनारले बताएका छन् ।

विश्व वातावरण दिवस–२०८१ को अवसरमा सञ्जालले दोधारा चाँदनी नगरपालिका– ६ हेल्थपोष्ट क्षेत्रमा सरसफाई कार्यक्रम सम्पन्न्न गरेको हो । दिवसको अवसरमा डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजनल वन अधिकृत भीम प्रसाद कंडेलले मानिसलेनै वातावरणलाई प्रदुषित वा असन्तुलित बनाई राखेको बताएका छन् । मानिसहरुले आफ्नो स्वार्थका लागी जवन जंगल फडानी गरेर वातावरणलाई असन्तुलित बनाईराखेको उनले बताए । जलवायुको समस्या, हरितगृह ग्यास उत्सर्जनको कारणले भएको वातावरण प्रदूषणलाई कम गर्न वृक्षारोपण गरिएको उनको भनाई रहेको छ् । स्वच्छ वातावरणमा बाँच्न पाउने संवैधानिक हकलाई सार्थक बनाउनमा जोड दिनुपर्ने कञ्चनपुरका डिभिजनल वन अधिकृत भीम प्रसाद कंडेलको भनाई रहेको छ् ।

कार्यक्रममा नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले वातावरणीय असंतुलनको प्रभाव जनजीवनमा प्रत्यक्ष रुपमा परेको बताए । वातावरणीय प्रभावको चपेटामा परेका अहिलेको भुमिलाई पुर्नस्थापित गर्नुपर्ने उनले बताएका छन् । ‘हामीले हाम्रो भुमी, हाम्रो भविष्य भन्ने नारालाई आत्मसाथ गर्दै अहिलेको भुमि वा वातावरण भन्दा उत्तम भुमि तथा वातावरण हाम्रो भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्ने भएको छ्’ नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुले भने । पृथ्वीमा हाम्रो नकारात्मक प्रभावलाई कम गरि सकारात्मक परिवर्तनहरु गर्नका लागी नेपाल राष्ट्रिय समाज कल्याण संघ सबै सरोकारवाला निकायहरु संग हातेमालो गर्न तत्पर रहेको नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) का कार्यकारी निर्देशक अशोक बिक्रम जैरुको भनाई रहेको छ् ।

शुदूरपश्चिमाञ्चल विश्व विद्यालयका वातावरण विज्ञान विषयका प्राध्यापक तर्कराज जोशीले मानिसहरुले आफ्ना क्रियाकलापहरु गर्दा वातावरणलाई वेवास्ता गर्ने गरेको कार्यक्रममा बताएका छन् । तत्काल असर नगरेपनि भविष्यको पुस्तालाई भयावह अवस्था पुर्‍याउने प्राध्यापक तर्कराज जोशीको भनाई रहेको छ् । अहिले विकासका नाममा विनास भईरहेको तर्क गर्दै उनले स्थानीय स्तरबाटै हरेक वातावरण मैत्री विकासका लागि कार्यविधि बनाएर त्यसलाई कार्यन्वयन गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

कार्यक्रममा भीमदत्त नगरपालिका वडा नम्बर १८ र ११ का अध्यक्ष तथा सदस्य, उत्थानशील युवा सञ्जालका पदाधिकारी साथै विभिन्न संघ–संस्था तथा सरोकारवाला निकायहरुको उपस्थिति रहेको थियो । संयुक्त राष्ट्र संघिय वातावरण कार्यक्रमको आह्वानमा हरेक वर्ष जुन ५ तारिखमा यो दिवस विश्वभर मनाउने गरिन्छ् सन् १९७३ देखि विश्व वातावरण दिवस मनाउन सुरु गरिएको हो ।

ताजा समाचार