निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को ५ बर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गोष्ठी सम्पन्न

कञ्चनपुर : निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.को ५ बर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गोष्ठी सम्पन्न
निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोगामा संस्थाका अध्यक्ष डम्बर दत्त भट्टको सभापतित्व तथा बैङ्कका बरिष्ठ अधिकृत बल्लभ तिमिल्सिनाको प्रमुख आतिथ्यमा ५ बर्षे रणनीतिक व्यवसायिक योजना निर्माण गोष्ठी सम्पन्न भएको छ ।

संस्थाका पदाधिकारी, संचालक, निवर्तमान अध्यक्ष, पूर्व पदाधिकारी, लेखा समिति तथा उप समितिका पदाधिकारी, कर्मचारी सम्मलित भएको व्यवसायिक योजना निर्माण गोष्ठीमा सहकारीलाई वर्तमान परिपेक्षमा समिक्षा र विश्लेषण गरि उत्कृष्ट सेवा सहितको सहकारी भन्ने ध्येय निर्णण गरेको छ ।

दुई दिन सम्म संचालन भएको उत्कृष्ट सेवा सहितको सहकारी भन्ने ध्येय तय गरि नीति विधि र प्रविधिबाट सहकारीहरुको वित्तीय तथा गैर वित्तिय सेवाहरु उपलव्ध गराई सदस्यहरुको समृद्धिका लागि विभिन्न लक्ष्य तथा उक्त लक्ष्य प्राप्तीका लागि आवश्यक रणनीति समेत तय गरेको कुरा संस्थाका कार्यकारी प्रमुख प्रेम सिंह भाटले बताउनु भएको छ ।

संस्थाकी व्यवस्थापक बविता चन्द बमले संचालन गरेको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष दिपक प्रसाद जोशीले , उपाध्यक्ष पवन चन्द्र लेखक, लेखा समिति सदस्य दुर्गा दत्त भट्टले आ आफ्नो राय सुझाव राखेको र आगामी ५ बर्षको बार्षिक योजना निर्माण र कार्यान्वयनमामा हरेक शेयर सदस्यको क्रियाशिलता र सक्रियता आवश्यक रहेको कुरा अध्यक्ष डम्बर दत्त भट्टले बताउनु भएको छ ।

ताजा समाचार