नेपाल लोकतान्त्रिक खेलकुद संघको जिल्ला अध्यक्षहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

कञ्चनपुर : नेपाल लोकतान्त्रिक खेलकुद संघ जिल्ला अध्यक्षहरुलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघले सुदूरपश्चिम प्रदेशका जिल्लाका अध्यक्षहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेको हो । सहभागीहरुमा कञ्चनपुरका अध्यक्ष राजेन्द्र के.सी, बैतडीका पुस्कर धानुक, डडेल्धुरा धन बहादुर देउवा, कैलालीका गोबिन्द बहादुर के.सी, डोटीका दिनेश के.सी, अछाम राजेश बहादुर बोगटी, बझाङ्गका कमल बहादुर सिह, दार्चुलाका श्याम सिह सिलाल, बाजुराका सुरेन्द्र बहादुर रौल रहेका छन् ।

सुदूरपश्चिम प्रदेश युवा तथा खेलकुद विकासका प्रमुख ज्ञानेन्द्र बहादुर सिहको सभापत्विमा प्रमुख अतिथी नेपाली काग्रेस सुदूरपश्चिम प्रदेश बझाङका सभापति लोकराज अवस्थी त्यसैगरी विशिष्ट अतिथीमा सुदूरदपश्चिम प्रदेश महामन्त्री लोकराज खडका रहेका थिए । नेपाली कांग्रेस सुदूरपश्मि प्रदेश खेलकुद विभागको आयोजनमा नेपाली कांग्रेस सुदूरपश्चिम पार्टी कार्यालय धनगढी कैलालीमा शुभकामना आदन प्रदान कार्यक्रममा सम्पन्न भएको थियो ।

ताजा समाचार