दानेश्वरहरि बहुमुखी क्याम्पसको आयोजनामा दुई दिने कार्यशाला सञ्चालन


प्रकाश खत्री/कञ्चनपुर : भीनपा –१० जिमुवाको दानेश्वरहरि बहुमुखी क्याम्पसको आयोजनामा दुई दिने अनुसन्धान क्षमता विकास सम्बन्धी कार्यशाला सञ्चालन भएको छ । सुदूरपश्चिम सरकार सामाजिक विकास मन्त्रालय धनगढी कैलालीको आर्थिक सहयोग तथा दानेश्वरहरि बहुमुखी क्याम्पस जिमुवाको आयोजनामा दुई दिने अनुसन्धान क्षमता विकास सम्बन्धी कार्यशालाको आयोजना भएको हो । ‘दुई दिने अनुसन्धान क्षमता विकास सम्बन्धी कार्यशालाबाट क्याम्पसमा रहेका प्राध्यापकहरुमा शैक्षिक गुणस्तर बढनुका साथै उनीहरुमा थप निखार आई विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्नमा यस प्रकारको कार्यशाला जरुरी रहको’ क्याम्पस अध्यक्ष कृष्णराज भट्टले बताए ।

दुई दिने अनुसन्धान क्षमता विकास सम्बन्धी कार्यशालामा क्याम्पसका सञ्चालक समिति, प्राध्यापक एवं कर्मचारीको सहभागीता रहेको छ जसमा दानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष कृष्णराज भट्ट, क्याम्पस प्रमुख उप. प्रा.ललित प्रसाद जोशी, उप.प्रा.शंकर सिह साउद, उप.प्रा.लोकेन्द्र सिह साउद, उप.प्रा.लक्ष्मीदत्त जोशी, उप.प्रा.राघव प्रसाद भट्ट, उप.प्रा.रबीन्द्र बहादुर रावल, उप.प्रा.राम बहादुर साउद, उप.प्रा. नरेन्द्र सिह साउद, उप.प्रा. माधवी बोहरा, उप.प्रा.विक्रम कु. जोशी, उप.प्रा.दिवाकर जोशी, उप.प्रा.कैलाश चन्द्र तिवारी, लेखा सहायक सुरेश नाथ, का.स. दानी नाथ योगी सहभागी रहेका थिए ।

दुई दिने अनुसन्धान क्षमता विकास सम्बन्धी कार्यशालाका प्रशिक्षक सुदूरपश्चिम विश्वविद्यालय ख्यातिप्राप्त  शिक्षाशास्त्र सङ्कायका डीन भवान सिंह चलाउने र सुदूरपश्चिम विश्वविद्यालयका सह प्रा.डा.दीपक चन्द्र भट्ट रहेका छन् ।


Loading Viewer...

ताजा समाचार

spot_img