काठमाडौंको धुलो र धुवाको रापमा थिचिएर थङ्गथिलो भएको यात्रीले मुस्ताङ्गको प्राकृतिक सौन्दर्यको स्वपान गर्दाको आनन्द व्यक्त गर्न सक्ने कुरै थिएन । सामुन्द्रिक सतहको उचाईदेखी झण्डै ३८ सय मिटर उचाईमा रहेको मुस्ताङ्गको मुक्तिनाथ यात्रा केबल धार्मिकमात्र होईन त्यो एउटा सभ्यताको अध्ययन हो ,मुस्ताङ्ग मानसिक थकान मार्ने एउटा प्रतिक्षालय हो, धार्मिक आस्थाको एउटा आगँन हो जहाँ हिन्दु र बौद्ध धर्मालम्बीहरु जाने एकमात्र साझाँ थलो पनि हो ।एउटै उदेश्य लक्ष्य र सपना बोकेका हामी चार युवाको अगुवाईमा खोलिएको ब्यबसायिक कम्पनीको योजनालाई सार्थकता दिन र साथीहरुबीच थप आत्मीयता बढाउने उदेश्यलाई केन्द्रबिन्दुमा राखेर मुस्ताङ्गको यात्रा गर्ने तय भयो तर एक साथीलाई मनाउन भने हामी तीनलाई निक्कै मेहनत गर्नु परयो तर मन नमिल्ने कुरै भएन मिति २०८० जेष्ठ ९ गते साझ ७ बजे हामी गन्तब्यको लागि काठमाडौबाट निस्कयौ । बिष्णु गिरी ‘निश्चल‘
प्राईभेट बिद्युतिय गाडिमा पोखरा सम्मको यात्रा गर्ने त्यसपछि मुस्ताङ्ग यात्राको लागि अर्को गाडिको ब्यबस्था फोन मार्फत नै गरिएको थियो । यात्रा शुरु भयो तिता मिठा गफ गदै शुरु भएको यात्रा गाडीमा निदाउँदै मिठा गफ गदै गाडिको रफतारमा राती १२ बजेतिर साथीले चिनेको रेष्टुरेन्टमा खाना खायौ ।पैसा तिरेर खाना खाएपनि हामीले राम्रो आतिथ्यता पायौ । रातीको ३ बेज पोखरा पुगियो पोखराको नाईट लाईफ नेहेरी निन्दै लागेन र लाउन्ज गईयो केही समय बिताएर होटल आएर सुतेको १ घण्टापछि नै मुस्ताङ्गको लागि हिडियो । पाको उमेरका अनुभबि सवारी चालक हरी ढकालको साथमा हामी बाग्लुङ बजार ठूलो रहेछ गाडीबाट नै घुमियो । बागलुङ भगवतीको दर्शनले मन आनन्दित बनायो । ठूलो आस्था रहेछ, त्यहाँकाा बासिन्दामा । मैले पहाडी क्षेत्रमा त्यत्रो व्यवस्थासहितको प्रबन्ध देखेको थिईन । भरपुर दर्शन गरियो । साथै गलेश्वर महादेवको दर्शन गदै बेनी नजिकै होटल कालीगण्डकी एण्ड थकाली भान्छा घरमा खाना खायौ । बेनीबाट मुक्तिनाथ जादाँ बाटोमा तातोपानी रहेछ ।
रमाईलो गफ कहिले संस्थागत र ब्यबसाहिकताको कुरा गदै यात्रा अगाडि बढ्यो । बाटोको दृश्य हेर्दै हाम्रो यात्रा अगाडि बढ्यो । तिब्बतबाट निस्किएर आएको कालीगण्डकी नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोचबाट दक्षिणतर्फ बगेको रहेछ । नदी चट्टानले बनेका गगनचुम्बी अग्ला पहाडहरूको खोँचबाट दक्षिणतर्फ बगेको रहेछ । कालीगण्डकीको प्रवाह र त्यो दृश्यले हामीलाई रोमाञ्चित बनायो । हिमाली क्षेत्र चिसो स्वभाविकै थियो । कालीगण्डकीको किनारैे किनार मोटर बाटो । सिधै उत्तर । बीच बीचमा सानातिना खोलाहरु हान्निएर कालीगण्डकीमा समाहित भएको देख्न पाईन्थ्यो । दृश्यहरु अत्यन्त लोभलाग्दा थिए । ठाउँ ठाउँमा आकाश सांघुरिएको देखिन्थ्यो । हिमाली बाटो ठूला ठूला चट्टानी पर्वतलाई छिचोल्दै गएको छ । अजगंका ती पहाडहरु कुम्भकर्ण झै चीरनिद्रामा छन् । काठमाडौं आसपासमा झै खानी संचालनको नाममा जताततै चिथोरिएका छैनन् । अनन्त सौन्दर्य पस्किरहेका छन् । पहाडको छाती चिरेर निस्किएका झरनाले पीडा भन्दा आनन्द दिईरहेका छन । त्यसका केही दृश्य क्यामरा र मनमा कैद गर्दै हामी अघि बढ्यौं साथमा मिठा जोक र रमाईलो कुराकानी त छदै थियो । रुप्से झरनाले हाम्रो यात्रालाई थप उर्जा दियो । माथीबाट हामीलाई भेट्न आतुर भएर बगेको सेतो पानीको दाना शरीरमा पर्दा तरंग उत्पन्न हुन्थ्यो झण्डै ३० मिटर अग्लो रुप्सेलाई हामीले पनि चुनौती दिएजस्तै उसको तस्वीरहरु चोरिरह्यौ । तस्वीर खिच्नुभन्दा उसैलाई हेरिराख्नु हाम्रो यात्राको अर्काे रमाईलो क्षण बन्यो । झरनालाई छोडेर थोरै माथीपुग्दा त्यहाँ बगेको एक मिटर चौडा र अत्याधिक गहिराईको कालिगण्डकी पनि सुतेर बगेकी झरनाजस्तै लाग्थ्यो । नजिकै पुगेपछि हिमालको घरमै प्रवेश गरेजस्तो भान हुन थाल्यो, हिमालले आफैं नजिक बनिदिएजस्तै ग¥यो र थकित बनेका आँखामा निश्चल उर्जाहरु भरिदियो ।