प्रकाश खत्री/कञ्चनपुर : गर्मी अत्याधिक बढे पछि भीमदत्तनगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई एक हप्ता विदा दिएको छ ।

केहीदिन देखि अत्यधिक गर्मी बढे पछि भीमदत्तनगरपालिकाले आफनो पालिकामा भित्र रहेका विद्यालयमा विहिान ७ देखि १० बजे सम्म कक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो तर गर्मी दिनप्रति दिन बढ्ने क्रम जारी भए पछि भीमदत्तनगरपालिकामा रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरुमा शुक्रबार देखि बुधबार सम्म ६ दिनको (जेष्ठ १८ देखि २३ सम्म) विदा दिएको छ ।
उक्त अवधिमा पोलियो रोगको विरुद्ध आइपीभी खोप लगाउन बाकी रहेका विद्यार्थीहरुलाई खोप तालिका अनुसार विद्यालयमा उपस्थित हुन अनुरोध समेत गरेको छ ।
