दोधारा चाँदनीको बाबाथान सडक निमार्ण कार्य सुरु हुने, स्थानियहरु खुशी

दोधारा । दोधारा चाँदनीको बाबाथान सडक निमार्ण कार्य अघि बढाईने भएको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजारको अलपत्र मुल सडक खण्ड निमार्ण कार्यको लागी दोधारा चाँदनी नगरपालिका कार्यपालिकाको आजको बैठकले रकम बिनियोजन गरेपछि स्थानियहरु खुशी भएका हुन् । बैठकले बाबाथानको अलपत्र ढुङ्गे सडक निमार्णको लागी रु. २० लाख रकम बिनियोजन गरिएको दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्रीले जानकारी दिएका छन् । बाबाथान बजारमा २ सय मिटर मूल सडक खण्ड जीर्ण भएपछि वासिन्दा सास्ती खेप्दै आएका हुन् । ओटासिल प्रविधिमा केही वर्ष अघि गरिएको कालोपत्रे सडक जीर्ण भएपछि स्थानीय आवतजावत तथा सवारी साधान आवागमनमा निकै समस्या भएको हो ।

आर्थिक २०७०/०७१ आर्थिक वर्षमा निमार्ण सुरु गरिएको उक्त ओटासिल सडक २०७५/०७६ मा सम्पन्न भएको हो । झण्डै १४ वर्षपछि निमार्ण गरिएको सडक जीर्ण भएपछि गत वर्ष एक निमार्ण कम्पनीले जीर्ण भएको सडकको निमार्ण कार्य सुरु गरेको हो । निर्माण कम्पनीले सडक निमार्ण कार्यलाई अलपत्र बनाएर छाडे संगै उक्त सडक नदीको बगर सरह भएको छ । बाबाथान बजार क्षेत्रको झण्डै २ सय मिटर सडक अलपत्र भए संगै स्थानिय तथा बजार व्यवसायीहरुले समय समयमा विरोध जनाउदै आएका हुन् ।

केही दिन अघि व्यावसायीहरुले सडक निमार्ण कार्य सुचारु गर्न दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बुलाई ज्ञापन पत्र बुझाएका थिए । व्यवसायीहरुले बाबाथान सडक निमार्ण कार्य अघि नबढाए तिन पाङग्रे र चार पाङग्रे सवारी साधन आवागमनमा प्रतिबन्ध लगाउने चेतावनी दिएको थियो ।

दोधारा चाँदनी नगरपालिका कार्यपालिका बैठकले सडक निमार्णको लागी बजेट बिनियोजन गरेसंगै स्थानियबासीहरु खुशी छाएको छ् ।

ताजा समाचार