भीनपा –१९ को वडा कार्यालय उद्धघाटन समारोह सम्पन्न

प्रकाश खत्री/कञ्चनपुर : भीमदत्त नगरपालिका वडा नं. १९को नयाँ निर्मित भवनको उद्धघाटन समारोह सम्पन्न भएको छ । वडा कार्यालयको आफनै भवन बने पछि सेवाग्राहीलाई सेवा दिन सजिलो हुने र वहाँहरुलाई पनि सेवा दिन सजिलो हुने वडा अध्यक्ष जगुरामले बताए । उनले भने पहिलेको वडा कार्यालयमा थोरै कोठा हुने र एकै ठाँउबाट सेवा दिनु पर्ने भएकोले सेवाग्राहीलाई पनि असजिलो हुने र कर्मचारीलाई पनि टाईम धेरै लाग्ने गर्थो अब आफनै वडा कार्यालय बाट सेवाग्राहीलाइृ छिटो र छरितो काम हुनेछ ।’

त्यसैगरी भीमदत्तनगरपालिकाका नगर प्रमुख पदमबोगटीले भनेु अबउपरान्त यस भीनपा–१९को वडा कार्यालय निर्माण सँगै यहाँका बासिन्दा सेवाग्रहीले सहज रुपमा सेवा पाउनेमा आफु विश्वस्त रहेको र कर्मचारीहरुलाई पनि सेवा दिनको लागि अब प्रसस्त ठाँउ भएकोले उनीहरुले पनि सेवाग्रहीलाई छिटो भन्दा छिटो सेवा दिने छन् ।’ नवनिर्मित वडाकार्यलयको निर्माणको लागि लागत रकम रु. १ करोड ४३ लाख ७० हजार ९ सय रहेको छ ।

आज भएको समुद्घाटन समारोहका अध्यक्ष भीनपा–१९ का वडा अध्यक्ष जगुराम थारु चौधरी रहेका थिए भने प्रमुख अतिथीमा भीमदत्तनगरपालिकाका नगर प्रमुख पदम बोगटी, विशिष्ट अतिति भीमदत्तनगरपालिका उप प्रमुख निलम लेखक जोशी रहनु भएको थियो । उक्त उद्धघाटन समारोहमा विभिन्न राजनीतिक दल, समाजसेवी, शिक्षक लगायतको उपस्थिीति रहेको थियो ।

ताजा समाचार