वडा सदस्यद्वय कार्की र गिरीद्वारा विपन्न विद्यार्थीलाई विद्यालय पोषाक

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका १०का वडा सदस्यद्वय मन्जु कार्की र हर्कराज गिरीले गाँउका विपन्न बालबालिकालाई विद्यालय पोषाक सहयोग गरेका छन । वडासदस्यद्वय गिरी र कार्कीले आफुले पाएको भत्ता बाट भीनपा १० श्रीकङकाकै बाल विकास केन्द्रमा विद्यार्थीलाई पोषाक सहित शैक्षिक समाग्री दिएका हुन ।

काँग्रेस युवा नेता समेत रहेका समाजसेवी कृष्ण राज भट्टले २० बालबालिकाहरुलाई वडा सदस्यद्वय गिरी र कार्कीले स्कुले कपडा, कापी, पेन्सिल, कलम, ईलेजर दिएका छन । बाल विकास शिक्षिका मन्जु पन्त सहितका अभिभावकको उपस्थितिमा पोषाक सहितका शैक्षिक समाग्री वितरण गरिएका छन । निःशुल्क शैक्षिक समाग्री पाएपछि बालबालिका हर्षित भएका छन ।

ताजा समाचार