फ्लोरिडा ब्रेनपावर हाजिरीजवाफ प्रतियोगितामा ईन्टरनेशल पब्लिक स्कुल प्रथम


कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा रहेको फ्लोरिडा ईन्टरनेशल बोडिङ्ग स्कुलले आयोजना गरेको प्रथम फ्लोरिडा ब्रेनपावर हाजिरीजवाफ प्रतियोगितामा ईन्टरनेशल पब्लिक स्कुल प्रथम भएको छ । गणतन्त्र दिवसको अवसरमा मंगलबार फ्लोरिडा ईन्टरनेशल बोडिङ्ग स्कुलले आयोजना गरेको प्रथम फ्लोरिडा ब्रेनपावर हाजिरीजवाफ प्रतियोगितामा ईन्टरनेशल पब्लिक स्कुलको टिम प्रथम भएको हो ।

ईन्टरनेशल स्कुल कक्षा १०मा अध्ययनरत छात्रा महिमा लेखक सहित सुप्रित रावल, उज्जल झा र हिमान्सु भट्ट रहेका थिए । द्वितियमा एभरेष्ट एभरग्रिन स्कुल उल्टाखाम र तृतिय बैजनाथ मावि रहेका छन । प्रथम हुने टिमलाई नगद १० हजारका साथै प्रमाण पत्र प्रदान गरिएको छ ।

यसैविच यु १५जिल्ला स्तरिय बृद्धिचाल छनौट प्रतियोगिता ईन्टरनेशलकै छात्र आयुस कुमार महरा सहित छनौट भएका छन । कञ्चनपुर जिल्ला बुद्धिचाल संघले आयोजना गरेको छनौट प्रतियोगितामा आयुस कुमार महरा, आयुस पन्त, सम्भु जोशी, आसिका भट्ट, पलक लुहार, सनम जोशी रहेका छन । राखेपले आयोजना गर्ने यु १५जुनियर खेल प्रतियोगितामा उनीहरु कञ्चनपुरबाट छनौट भएका छन ।


Loading Viewer...

ताजा समाचार

spot_img