सहिद परिवारको आर्थिक अबस्थामा सुधार ल्याउन बाख्रा वितरण

राजेन्द्रप्रसाद पनेरु/कञ्चनपुर : गणतन्त्र दिवसको अवसरमा आज कृष्णपुर नगरपालिका वडा नं २ ले सहिद तथा बेपत्ता परिवारको आर्थिक अबस्था सुदृढ बनाउनका लागि बाख्रा वितरण गरेको छ । गणतन्त्र ल्याउनका लागि जनयुद्धमा सहभागीभै सहिद तथा बेपत्ता भएका आठ परिवारलाई उन्नत जातका बाख्रा निःशुल्क रुपमा वितरण गरिएको हो । चालु आबमा विनियोति बजेटबाट माउ(पोथी) बाख्रा खरिद गरी एक वटाका दरले आठ परिवारलाई १७ औं गणतन्त्र दिवसको अवसर पारेर वितरण गरिएको वडा अध्यक्ष अर्जुन साउदले बताउनु भयो ।

“वडामा रहेका सहिद, वेपत्ता र घाईते परिवारलाई सुचिकृत गरी आर्थिक अबस्था दयनीय रहेका परिवारको छनौट गरी बाख्रा वितरणको कार्य गरेका छौं” उहाँले भन्नुभयो, “सहिद, बेपत्ता पारिएका र जनयुद्धका घाइते परिवारका बालिबालिकालाई विद्यालयमा पठनपाठनमा सहजता ल्याउनका लागि छात्रबृत्ति प्रदान गर्ने, कम्प्युटर तालिम प्रदान गर्ने युवा र महिलाहरुलाई सीपमूलक स्वरोजगार हुने किसिमका तालिम प्रदान गर्नका लागि आगामी आबमा योजना बनाई बजेट विनियोजन गर्छौ ।”

सहिदकै बलमा देशमा गणतन्त्र स्थापना भएकाले सहित परिवारलाई बिर्षन नसकिने उहाँले उल्लेख गर्नु भयो ।
वडा कार्यालयबाट बाख्रा पाए पछि गीता चौधरीले खुसि व्यक्त गर्नु भयो । उहाँले सहिद, बेपत्ता र घाईते परिवारको आर्थिक अबस्था मजबुत बनाउनका लागि अझै आयआर्जन र सीपमूलक कार्यक्रममा जोड दिनु पर्ने बताउनु भयो ।
“सहिद परिवारको अबस्था निकै दयनिय छ” उहाँले भन्नुभयो,“जसको सहादतले देशमा गणतन्त्र आयो, त्यसैलाई उपेक्षा गरिएको छ ।” बाख्रा वितरण कार्यक्रमा सहभागी सहिद परिवारहरुले गणतन्त्रको जग मजबुत्त बनाउनका लागि संविधानको पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनका लागि जोड दिनु भयो ।

ताजा समाचार