वेदकोट नगरपालिका गैलनदी –८ मा अस्थाई प्रहरी पोष्ट स्थापना

कञ्चनपुर : वेदकोट नगरपालिका गैलनदी स्थित वडा नं. ८ मा अस्थाई प्रहरी पोष्टको स्थापना भएको छ । जेष्ठ १५ गणतन्त्र दिवसको अवसर पारेर अस्थाई प्रहरी पोष्टको उद्धघाटन समारोह सम्पन्न गरिएको छ । हाललाई बरिष्ठ प्रहरी हवल्दार येकेन्द्र बहादुर बोहरकाको कमाण्डमा चार जना प्रहरीलाई खटाईको छ । वडामा लागु औषध सेवन कर्ता, तथा अपराधिक गतिविधि रोक्नको लागि प्रहरी पोष्टको स्थापना गरेको वडा अध्यक्ष महेश जोशीले बताए । जोशीले भने ‘अपराधिक क्रियाकलाप बढ्दै गएपछि वेदकोट न.पा. ८ को स्वास्थ्य कार्यालय भवनलाई वडाकार्यालयमा सारी त्यही बाटै सेवा दिने र स्वास्थ्यको भवनलाई अस्थाई प्रहरी पोष्ट बनाए अब उपरान्त यसले लागु औषध र घरेलु हिंसा रोकथामको लागि अहम भुमिका खेल्ने विश्वास रहेको बताए ।’

वडाअध्यक्ष जोशीले, ‘ वडामा जग्गा नाप जाँच कार्य सम्पन्न भई सकेको प्राविधिक कार्य सबै टुङ्गि सके पछि पनि लालपुर्जाको प्राप्त गर्न सकेका छैनौं कर्मचारी सरुवा तथा अनेक बहाना बनाई लालपुर्जा प्राप्त गर्न बाट बञ्चित भएकाले प्रमुख जिल्ला अधिकारी समक्ष यथासक्य चाडो पुर्जा प्राप्तिका लागि पहल गरीदिन आग्रह गरेका छन् ।’
कार्यक्रममा बोल्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख चक्रदेव जोशीले ‘सबै स्थानमा अस्थाई प्रहरी पोष्ट राख्न सम्भव नहुने र त्यहाँको अपराधिक गतिवधिले गर्दा प्रहरी पोष्टको स्थापना गर्नु पर्ने हुन्छ, अहिलेको जल्दो बल्दो ईशुको रुपमा रहेको लागु औषध प्रयोग कर्ता र बेचविखन कारोबारीको बढ्दो अवस्थालाई मध्यनजर गर्दै शान्ति सुवेव्यवस्था कार्यम गर्नको लागि अस्थाई प्रहरी पोष्टको स्थापना गरिएको बताए ।

त्यसैगरी कञ्चनपुर जिल्ला प्रमुख गोपाल कुमार अधिकारीले, ‘यस प्रकारका अस्थाई प्रहरी पोष्टहरुको माग धेरै नै रहेको छ हामीले आवश्यकताको आधारमा धेरै ठाउँमा राखेको छौ, यसको कुनै छुटै दरबन्दी हुदैन भएका अरु चौकीका दरबन्दी काटेर त्यहाँका कर्मचारीलाई खटाउनु पर्छ जसले गर्दा त्यहाँ पनि काम गर्न असजिलो हुने गर्दछ । वेदकोट नगरपालिकामा दुई वटा अस्थाई प्रहरी पोष्टको स्थापना भएको छ । एउटा बेदकोट ताल र अर्को वेदकोट– ८ मा, लागु औषध प्रयोग कर्ता र कारोबारीको संख्या दिन प्रतिदिन बढ्दै गएकोले हामी सबैले आफ्नो घर परिवारमा बालबालिको व्यवहारमा परिर्वतन र लागु औषध रोकथामको लागि सबै एक जुट भई लागि प्रहरीलाई सहयोग गरि निर्मुल पार्न मा सबैलाग्नु पर्नेमा जोड दिनु भयो ।’

आज भएको वेदकोट नगरपालिका –८ स्थिीत अस्थाई प्रहरी पोष्टको उद्धघाटन समारोहमा वेदकोट नगरपालिका –८ का वडा अध्यक्ष महेश जोशीको सभापत्वि रहेको थियो भने, प्रमुख अतिथीमा प्रमुख जिल्ला जिल्ला अधिकारी गोपाल कुमार अधिकारीे, विशिष्ट अतिथीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरिक्षक चक्रदेव जोशी त्यसैगरी कार्यक्रम सञ्चालन भूतपूर्व असई कृष्ण दत्त जोशीले गर्नेु भएको थियो ।

ताजा समाचार