अनुसन्धान सीप तथा लेख सम्बन्धी कार्यशालामा प्राध्यापकहरुले गरे प्राज्ञिक ज्ञान आर्जन


राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर ः शुक्लाफाँटा नगरपालिका १० झलारी स्थीत कृष्णबैजनाथ बहुमुखि क्याम्समाका प्रध्यापकहरुले अनुसन्धान सीप तथा लेखन सम्बन्धी प्राज्ञिक ज्ञान हासिल गर्नु भएको छ । विश्व विद्यालय अनुदान आयोगको सहयोगमा दुई दिने अनुसन्धान सीप तथा लेखन सम्बन्धी कार्यशालामा क्याम्पसका प्रध्यापकहरुले पठनपाठन संग सम्बन्धीत अनुसन्धनात्मक ज्ञान, सीप बारे शिक्षा विद्हरुबाट ज्ञान हासिल गर्नु भएको हो ।

क्याम्पसमा अध्यापन गराई रहनु भएका प्राध्यापकहरुको अनुसन्धनात्मक सीप निर्खानका लागि कार्यशालाको आयोजना गरिएको क्याम्पस प्रमुख गणेश बहादुर ऐरले बताउनु भयो ।
क्याम्पस प्रमुख ऐरका अनुसार सुदूरपश्चिम विश्वविद्यालय मानविकि र सामाजिक विज्ञान विभागका केन्द्रीय उप प्राध्यापक डा दिपकचन्द्र भट्ट र घोडाघाडोडी बहुमुखि क्याम्पसका सहायक क्याम्पस प्रमुख पुष्पराज जैशीले कार्यशालाको पहिलो दिन सहभागीहरुलाई अनुसन्धानको अबधारण, निर्माण विधिहरु, अनुसन्धानका उपकरणहरु र प्रविधि बारे जानकारी दिने कार्य गर्नु गरिएको छ ।
विश्वविद्यालय अनुदान आयोगको परिचय, नियम, विनियम, नैतिकता, नीति, कार्यान्वयन पक्ष, प्रशासन र व्यवसायीक योग्यता र दस्तावेजका कार्यात्मक पक्षबारे सहभागीहरुलाई जानकारी दिने कार्य गरिएको छ ।

यो संगै डकुमेन्ट लेखन गर्ने तौर तरिका, व्यवसायीकता र अनुसन्धानका माध्यमबाट गुणस्तरीय उच्च शिक्षा कसरी दिन सकिन्छ भन्ने बारे कार्यशालामा छलफल गरिएको छ ।
कार्यशालाको अन्तिम दिन आज थेसिस लेख्ने कला, जर्नलहरुमा लेख प्रकासित गर्ने तरिका, अनुसन्धानमा साहित्यि तथा सैद्धान्तीक पुनरावलोकन,उद्दरण तथा सन्दर्भ, ग्रन्थ सूचि, प्रविधिहरुको समिक्षात्मक कार्य बारे सहभागीहरुलाई प्रध्यापक द्वयले जानकारी गराएको क्याम्पस प्रमुख ऐरले बताउनु भयो ।
“क्याम्पसको गुस्तर सुनिश्चितता तथा प्रत्यायन(क्यूएए) प्राप्तीका लागि कार्यशालामा नगरपालिकाका नगर प्रमुख सहितका जनप्रतिनिधि संग छलफलको कार्य भएको छ” उहाँले भन्नुभयो, “विश्वविद्यालय अनुदान आयोगबाट प्रदान गरिने क्यूएए प्राप्तीका लागि अपनाउनु पर्ने प्रकृया बारे गहन रुपमा छलफल गरी कार्य अगाडी बढाईने भएको छ ।”
कार्यशालामा सहभागी नगर प्रमुख रण बहादुर महराले माध्यमबाट प्राध्यापकहरुको अनुन्धनात्मक र सृजनात्मक तरिकाले विद्यार्थीलाई पठनपाठन गराउने कार्यमा संलग्न हुनेमा विश्वस्त रहेको बताउनु भयो ।

उहाँले क्याम्पसले आयोजना गरेको कार्यशालाबाट पाठ सिकेर प्राध्यापकहरुले मार्गदर्शनका रुपमा लिएरअगाडी बढने उल्लेख गर्नु भयो । नगरको शिक्षाको गुणस्तर सुधार गरी दक्ष नागरिक उत्पादन गर्नु पर्नेमा उहाँको जोड थियो । नगर उप प्रमुख कल्पना पन्तले अनुन्धानको बिषय क्याम्पस मात्रै नभएर सामाजिक र विकासका क्षेत्र संग जोडिएको बताउनु भयो ।
क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष सिद्धराज भट्टले अनुसन्धनात्मक रुपमा गराईएको अध्यापनको कार्य र अनुन्धान नगरिकनै गराईएको अध्यापनको कार्यमा निकै फरक रहने गरेको चर्चा गर्नु हुदै उहाँले योजनावद्ध रुपमा विद्यार्थीलाई पढने वातावरण कायम गर्न सके देशका लागि योग्य नागरिक उत्पादन गर्न सकिने बताउनु भयो ।

“अनुसन्धानको कार्य विकास संग जोडिएको छ” उहाँले भन्नु भयो, “यो रितितिथी संस्कृति, सामाजिक क्षेत्र र परिवार संग पनि जोडिएको छ ।”कार्यशालामा सिकेका कुराहरुलाई व्यवाहारमा उतार्दै प्राध्यापकहरुले अनुसन्धनात्मक पढाईमा जोड दिन सके क्याम्पसको विकासमा कोशेढुङगा सावित हुने उहाँले उल्लेख गर्नु भयो । सुदूरपश्चिम विश्वविद्यालय मानविकि र सामाजिक विज्ञान विभागका केन्द्रीय उप प्राध्यापक डा दिपकचन्द्र भट्टले अनुसन्धानको कार्य समस्या संग सम्बन्धीत, व्यवस्थीत, गहन, प्रमाणयुक्त र तथ्यपूर्ण हुनु पर्ने बताउनु भयो । प्रध्यापकहरुले विद्यार्थीको सिकाईस्तर विश्लेषण गरी शैक्षिक रणनीति बनाई सिकाईस्तर कमजोर रहेका विद्यार्थीका लागि उपचारात्मक शिक्षणको कार्य गर्न सक्नु पर्ने उहाँले उल्लेख गर्नु भयो । कार्यशाला शुक्रवार देखि शुरु भएर शनिवार समापन भएको छ ।

 


ताजा समाचार

spot_img