प्रद्यानाध्यापक संघ नेपाल पान कञ्चनपुरको अध्यक्षमा पन्त

कञ्चनपुर : प्रद्यानाध्यापक संघ नेपाल(पान) कञ्चनपुरको अध्यक्षमा भवानी प्रशाद पन्त चयन भएका छन । कञ्चनपुरका सामुदायिक विद्यालयका प्रद्यानाध्यापकहरुको शनिबार महेन्द्रनगरमा सम्पन्न भएको भेलाले अध्यक्षमा पन्त चयन भएका हुन । उपाध्यक्ष हिम्मत सिह ऐरी, सचिव परमानन्द नाथ, सहायक सचिव गणेश दत्त शर्मा, कोषाध्यक्ष नरेश मल्लिक लगायत २५ सदस्यीय कार्य समिति चयन भएको छ । सदस्य पदमा साउद, दिपक चन्द्र ओझा, कृष्ण बहादुर कुँवर, धनीदत्त पन्त, प्रकास बहादुर चन्द, भानदेव भट्ट, ज्ञानु आग्री, भुवनेश्वरी जोशी, बलदेव भट्ट, भूमिसरा आचार्य लगायतका रहेका छन ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका भीमदत्त नगरपालिका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीले सामुदायिक विद्यालयका प्रअ संगठित भएर बृद्धि विकास गुणस्तरमा जोडदिए । प्रद्यानाध्यापक संघ नेपाल(पान) कञ्चनपुरका सचिव प्ररमानन्द नाथले सामुदायिक विद्यालयले गरेका असल अभ्यासको आदान प्रदान गर्ने, विद्यालयको शैक्षिक गुणस्तर सुधार, प्रद्यानाध्यापकको क्षमता विकास, राष्ट्रिय अन्र्तराष्ट्रिय शैक्षिक सरोकारवाला निकायसंग समन्वय सहकार्य गरेर सामुदायिक विद्यालय समग्र शैक्षिक सुधारका कार्यक्रम संचालन गर्ने उदेश्यका साथ पानले भूमिका निर्वाह गर्ने बताए ।

प्रद्यानाध्यापक संघ नेपाल(पान) कञ्चनपुरका अध्यक्ष भवानी प्रशाद पन्तले जिल्लासंगै पालिका स्तरमा समेत संगठन गरेर जिल्लाभरीका प्रअहरुलाई गोबन्द गर्दै विद्यालय सुधारका कार्यक्रम ल्याउनेमा जोडदिए ।

ताजा समाचार