कञ्चनपुर : सुदूरपश्चिम प्रदेश घर भई नेपाली सेनामा कार्यरत एक सेनाका अधिकृतले सगरमाथा आरोहरण गरेका छन । नेपाली सेनाका सेनानी (मेजर) गजिन्द्र देउवाले सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हुन । अमरगढी नगरपालिका २ डडेल्धुराका स्थानीय समेत रहेका मेजर देउवाले विश्वकै अग्लो चुचुरो सगरमाथा आरोहण गरेका छन ।

मेजर देउवाले साहसिक सगरमाथा ८ जेठ मंगलबार बिहान ९ः२५मा आरोहण गरेका हुन । देउवाका साथी कञ्चनपुर महेन्द्रनगरका स्थानीय युवा भुवन पाण्डेले साहसिक यात्रा गर्ने सुदूरका स्थानीय समेत देउवालाई बधाई तथा शुभकामना दिएका छन । देउवाको साहसिक सफल आरोहणले सेना सहित सुप प्रदेश खुसी भएको बताए ।







