भीमदत्त नगरको कपास उद्योगमा आगलागी

कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिकामा रहेको एक उद्योगमा आगलागी भएको छ । गयराती भीमदत्त नगरपालिका ७ हल्दुखाल खैरानीमा रहेको सिद्धनाथ कपास उद्योगमा आगलागी भएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले विद्युत सर्ट भएर कपासउद्योगमा आगो लागेको बताए । उनका अनुसार जगत सापकोटाले संचालन गरेको उक्त उद्योगमा आगलागी हुँदा सिरक, डस्ना, कम्मल, मेसिन लगायतमा झण्डै ६०लाख बराबरको क्षति भएको छ । स्थानीय, प्रहरी सहित दमकलले आगो निभाएका थिए ।

ताजा समाचार