मझगाउ बिमानस्थल निर्माणमा देखिएका समस्या समाधानको लागि कांग्रेस सचेतक लेखक र मन्त्री उप्रेति बिच भेटघाट

कंचनपुर : मझगाउ बिमानस्थल निर्माणमा देखिएका समस्या समाधानको लागि कांग्रेस सचेतक लेखक र मन्त्री उप्रेति बिच भेटघाट भएको छ। नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक माननीय रमेश लेखक सहितको टोलिले कंचनपुरको मझगाउँमा निर्माणाधिन बिमानस्थलमा देखिएको जग्गा प्राप्तिको समस्या समाधान गर्न आज मन्त्री र सेना प्रमुख सङ्ग छलफल गरेको छ ।

टोलिमा कांग्रेसनेता लेखक सङ्गै, कंचनपुर जिल्ला सम्न्वय समिति प्रमुख दुर्गा बोहरा , भीमदत्त नगरपालिका प्रमुख पदम बोगटी, बेदकोट नगरपालिका नगरपालिका प्रमुख भोजराज बोहरा , बिमानस्थल निर्माण आयोजना प्रमुख मीनराज ओझा ले कंचनपुर जिल्लामा निर्माणाधीन मझगाउ बिमानस्थल बिस्तारका लागि नेपाली सेनाको नाममा रहेको जग्गा बिमानस्थललाई उपलब्ध गराउनका लागि आवश्यक निर्णय प्रकृया अगाडि बढाउनका लागि रक्षा मन्त्री हरि उप्रेती र नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा संग आज छलफल गरेका हुन।

छलफलमा मन्त्री उप्रेतिले चाडै मन्त्रीपरिसदको बैठकमा उक्त प्रस्ताब लैजाने प्रतिबद्धता जनाएका छन ।

ताजा समाचार