दोधारा । नेकपा एमाले निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा दोधारा चाँदनी नगरपालिका क्षेत्रमा गाँजाका बोट नष्ट गरेको छ् । लागुऔषध नियन्त्रणको लागी राष्ट्रिय युवा संघ नेपालको अगुवाईमा दोधारा चाँदनी नगरपालिका– ७ स्थित लक्ष्मी माध्यमिक बिद्यालयको छेउ र वडा नं. ७ वडा कार्यालयको हातामा बेग्रल्ती उम्रेका गाँजाको बोट नष्ट गर्ने कार्य सम्पन्न गरेको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले जानकारी दिएका छन् । लक्ष्मी माध्यमिक बिद्यालयको उत्तर दिशा र वडा नं. ७ वडा कार्यालयको हातामा बेग्रल्ती उम्रेका गाँजाका बोट नष्ट गरिएको राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरीले बताएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7adaf056-1371-435a-8f36-0468544720ac.jpg)
गाँजाको बोट नष्ट तथा सरसफाई कार्यक्रममा राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका अध्यक्ष बिनोद चौधरी, राष्ट्रिय युवा संघ नेपाल पुर्व केन्द्रिय सदस्य रामसिंह खड्का, दोधारा चाँदनी नगरपालिका– ७ का वडाध्यक्ष ज्ञानेन्द्र बहेक क्षेत्री, नेकपा एमाले दोधारा चाँदनी– ९ का वडा सह–सचिव भक्त बहादुर रावत, दोधारा चाँदनी नगरपालिका– ७ का वडा सदस्य संदिप उपाध्याय, बाबाथान बजार व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रसाद शर्मा, बाबाथान प्रहरी चौकीका टोली लगाएत राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीका पदाधिकारी तथा स्थानियहरुको सहभागिता रहेको थियो ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/7d2760c2-08b4-4b4c-91a7-3fad66a6051c.jpg)
राष्ट्रिय युवा संघ नेपालको अगुवाई तथा बाबाथान बजार व्यवस्थापन समिति, बाबाथान प्रहरी चौकी र स्थानियहरुको सहयोग र सहकार्यमा गाँजाका बोट नष्ट तथा सरसफाई कार्यक्रम गरिएको राष्ट्रिय युवा संघ नेपाल पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काले बताएका छन् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/d7138331-2147-4a09-b06e-e242a6fc9eb3.jpg)
आगामी दिनहरुमा साताव्यापी सरसफाई तथा लागुर्औषध नियन्त्रण कार्यको बिभिन्न सचेतनामुलक कार्यक्रम संचालन गर्दै जाने राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीले जनाएको छ् ।
![](https://esudurdarpan.com/wp-content/uploads/2024/01/Belndai.jpg)