भीमदत्त नगरका हेडसरहरुको अध्ययन भ्रमण

कञ्चनपुर : कञ्चनपुरको भीामदत्त नगरपालिका सामुायिक विद्यालय प्रद्यानाध्यापक(हेडसरहरु)को अध्ययन भ्रमण सकिएको छ । चालु आर्थिक बर्षमा भीमदत्त नगरपालिकाले सामुदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि एक हप्ते अध्ययन भ्रमण गराएको हो । नेपालका विभिन्न जिल्लाहरुमा शैक्षिक अवस्थाको अध्ययन भ्रमण सकेर बुधबार हेडसरहरुको भ्रमण टोली महेन्द्रनगर पुगेको छ ।

भीमदत्त नगरपालिका १४ बनकट्टी स्थित शान्ति आधारभूत विद्यालयका प्रद्यानाध्यापक उत्तम विष्टले नगरपालिकाले आयोजना गरेको अध्ययन भ्रमण सकिएको बताए । प्रअ विष्टका अनुसार भ्रमण अध्ययन समितिका संयोजक समेत रहेका निङलाशैनी माविका प्रअ भवानी प्रशाद पन्तले भ्रमण आयोजक भीमदत्त नगरपालिका, सहभागि सबैप्रति आभार प्रकट गरेका छन । भ्रमण दलका सदस्य सचिव समेत रहेका भीमदत्त नगरपालिका शिक्षा शाखा प्रास दिपेन्द्र विष्टले भ्रमणबाट सिकेका शिक्षा सुधार आ–आफ्नो विद्यालयमा गर्न आब्हान गरेका छन ।

भ्रमणमा सहभागि प्रअहरुले पहिलो पटक अपर मुस्ताङ्गको लोमन्थाङ्गसम्मको साहसिक यात्रा सहित विभिन्न जिल्लाका नमुना विद्यालयमा भ्रमण गरिएको बताउँदै केही सिकाई भएको अनुभव व्यक्त गरेका छन ।

ताजा समाचार