राप्रपा मजदुर संगठनका नाममा दिएको जमिन पनि व्यक्तिका नाममा

महेन्द्रनगर नगर विकास समितिको जमिनमा नाङगै घोटाला

कञ्चनपुर : महेन्द्रनगर नगर विकास समितिको जमिनमा नाङगै घोटाला भएको तथ्य बाहिरिन लागेका छन । कञ्चनपुरको महेन्द्रनगर नगर विकास समितिको जमिन प्रकरणमा विशेष अदालतले समेत घोटाला भएको ठहर गरेसंगै थप अनियमितता भएका तथ्य खुलेका छन । २८ बर्ष अघि तत्तकालिन नगर विकास समितिले राप्रंपा निकट राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनलाई कार्यालय बनाउन भीमदत्त नगरपालिका ४ बसपार्क क्षेत्रमा १ कट्टा जमिन बनाउन दिने निर्णय गरेको थियो ।
नगर विकास समितिको ३ मंसिर ०५३ सालमा निर्णय नम्बर ३१ मा २८०५ कित्ता नम्बरबाट राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनलाई कार्यालय बनाउन १ कट्टा जमिन उपलब्ध गराउने निर्णय गरिएको थियो । पाटी निकट मजदुर संगठनलाई दिएको जमिनको लालपुर्जाका लागि पटक राप्रपा नेता अक बहादुर कुँवर क्षेत्रीले पटक पटक गरेर १० हजार राजस्व बुझाएको देखिन्छ ।

१९ चैत्र ०५३ मा ५ सय, १७ भदौँ ०५४ मा ९ हजार ५ सय रकम बुझाएको भएपनि हालसम्म राप्रपा निकट मजदुरले उक्त जमिन आफ्नो नाममा हाल्न सकेको छैन । ०५३ मा राप्रपा निकट मजदुरलाई उक्त जमिन दिने निर्णयसंगै रकम समेत बुझाएको ३ बर्षपछि ६ भदौँ ०५६ सालमा लक्ष्मी देवी विष्ट र २९ फागुन ०५८ मा उक्त जमिन गितादेबि सिहको नाममा नामसारी भएको पाईन्छ । यसरी नगर विकास समितिले राप्रपाको मजदुर संगठनलाई दिने भनि निर्णय गरेको जमिन समितिका पदाधिकारी, कर्मचारी एव भू माफिया गिरोहले बेचबिखन गरेको दावि गरेको छ । राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनले आफ्नो नाममा दिने निर्णय गरेको जमिन नगर विकास समितिका तत्तकालिन पदाधिकारी कर्मचारीहरुले मिलोमतोमा व्यक्तिसंग बेचबिखन गरेको जनाएको छ । राप्रपा निकट मजदुर संगठनले मंगलबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै संगठनलाई दिने निर्णय गरेको जमिन समितिले व्यक्तिलाई बेचबिखन गरेको भन्दै बेचबिखन प्रकरणमा छानबिनको माग अघि सारेको छ । राष्ट्रिय प्रजातान्त्रिक मजदुर संगठनका अध्यक्ष सन्दीप चन्दले संगठनलाई दिने भनि निर्णय गरेको जमिन यसरी व्यक्तिलाई बेचबिखन गर्ने कार्य अन्यायपुर्ण भएकाले छानबिन गर्दै दोषि उपर कार्बाहीको माग अघि सारेका छन । राप्रपा कञ्चनपुरका सचिव शिशिर थापाले उतिबेला नगर विकास समितिका पदाधिकारी कर्मचारीले भूमाफिया गिरोहसंग मिलोमतो गरेर निर्णय गरेको जमिन बेचबिखन भएको भन्दै छानबिन गर्नुपर्ने बताए ।

सचिव थापाले समितिले निर्णय गरे अनुरुप संगठनले लालपुर्जा उठान नसकेको अवस्थामा कि त्यो जमिन समितिमै हुनुपर्ने भएपनि व्यक्तिलाई बेचबिखन गर्ने कार्य नाङगै भ्रष्टाचार अन्याय भएको बताए । ‘यो प्रकरणमा हाम्रै पाटीका नेता कार्यकर्ता वा, नगर विकास समितिका पदाधिकारी, कर्मचारी जो सुकै भएपनि कार्बाही हुनुपर्छ ।’ राप्रपा निकट मजदुर नेता अक्क बहादुर कुँवरक्षेत्रीले नगर विकास समितिका पदाधिकारी, कर्मचारी भूमाफिया गिरोहसंग मिलेर घोटाला गरेको बताए । तत्तकालिन राप्रपा कञ्चनपुरका उपाध्यक्ष एव हाल, केन्द्रीय सदस्य तिर्थलाल चटौतले उतिबेला राप्रपा निकट मजदुर संगठनलाई जमिन दिएको बताउँदै उतिबेला स्वामित्व दिन नसकेको अवस्थामा अब निर्णय कार्यान्वयनमा जोडदिए ।उक्त जमिन खरिद गरेकाहरुले नगरविकास समितिले ०५७सालतिर लिलामी प्रकृयाबाट खरिद गरेका व्यक्ति महेश विष्टबाट खरिद गरेको बताएका छन । देवल सिह विष्टले आफुहरुले नगर विकास समितिले लिलाम गरेका व्यक्तिबाट खरिद गरेर बसेको बताए । ‘हामीले उतिकै त्यहाँ सरचना बनाएका हौँ, ‘उनले भने, ‘नविसले लिलामी प्रकृयाबाट लिलाम सकार गरेका व्यक्तिबाट खरिद गरेका हौँ, हामीसंग प्रमाण पनि छ ।’ राप्रपा कञ्चनपुरले हाल उक्त जमिनमा संरचना बनाईरहेका तेस्रो व्यक्तिले संरचना बनाउन नरोके आन्दोलनको चेतावनी दिएको छ । उक्त जमिन जस्तै अन्य निर्णय एक व्यक्ति संस्था तर जमिन अर्को व्यक्ति संस्थालाई दिएर घोटालै घोलामा नगर विकास समिति भाँसिएको छ ।

ताजा समाचार