
दोधारा । दोधारा चाँदनी नगरपालिकाका सवारी चालकलाई उपचारको लागी आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ् । दोधारा चाँदनी नगरपालिका कार्यालयका हेवी सवारी चालक प्रेम बहादुर चन्दलाई उपचारको लागी नगरपालिका क्षेत्रमा रहेका कर्मचारीहरुबाट संकलन गरिएको रु. ७० हजार ६ सय २० रुपिँया हस्तान्तरण गरिएको दोधारा चाँदनी नगरपालिका कार्यालयका कर्मचारी मोहन सुनारले जानकारी दिएका छन् ।


बिगत केही वर्ष देखि क्यान्सर रोगबाट ग्रसित रहेका छन् । दोधारा चाँदनी नगरपालिका– ७ कञ्चनभोज निवासी सवारी चालक प्रेम चन्दको आर्थिक अवस्था दैनिय रहेको कारण उपचार सहयोगको लागी आर्थिक सहयोग गरिएको मोहन सुनारले बताएका छन् । आज दोधारा चाँदनी नगरपालिका कार्यालयमा एक कार्यक्रमको बिच सवारी चालक प्रेम चन्दलाई संकलन गरिएको रकम हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्याक्रममा दोधारा चाँदनी नगरपालिकाका मेयर किशोर कुमार लिम्बु, दोधारा चाँदनी नगरपालिका कार्यालयका प्रमुख प्रशासकिय अधिकृत गणेश दत्त मिश्र, योजना अधिकृत भानदेव भट्ट लगाएत कर्मचारीको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सवारी चालक प्रेम चन्दको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरिएको थियो ।






