महाकाली नदीमा डुवेर एक किशोर बेपत्ता, खोजी कार्य जारी

दोधारा । महाकाली नदीमा डुवेर एक किशोर बेपत्ता भएका छन् । दोधारा चाँदनी नगरपालिका– ४ निवासी वर्ष अन्ताजी १६/१७ का बिष्णु सुनार नुहाउने क्रममा दोधारा चाँदनी नगरपालिका– ९ ढकनाघाट नजिक महाकाली नदीमा डुवेर बेपत्ता भएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम बहादुर चौधरीले बताएका छन् । साथीहरु संग नुहाउने क्रममा महाकाली नदीमा डुवेर वेपत्ता भएको बताईएको छ् ।

बिष्णु सुनार नुहाउने क्रममा बेपत्ता भएको खबर पाउन साथ नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खोजी कार्य जारी राखेका छन् । ‘नदीमा डुवेको खबर पाउना साथ हामीले खोजी जारी राखेका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक होम बहादुर चौधरीले भने ।

समाचार तयारपारुञ्जेल नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी कार्य जारी राखेको हो ।

ताजा समाचार