दोधारा चाँदनीको बाबाथान पक्की सडक निमार्ण कार्य अघि नबढाए स्वतन्त्र समुहले चरणबद्ध आन्दोलन गर्ने

दोधारा । दोधारा चाँदनी नगरपालिकाको बाबाथान बजार सडक खण्ड निमार्ण कार्य अघि नबढाए स्वतन्त्र समुहले चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेको छ् । दोधारा चाँदनी नगरपालिका– ७ बाबाथान बजार क्षेत्रमा अलपत्र नगर क्षेत्रकै मुल पक्की सडक निमार्ण कार्य अघि नबढाए स्वतन्त्र समुहले चरणबद्ध आन्दोलनको चेतावनी दिएको छ् । आज एक प्रेस बिज्ञप्ती प्रकाशित गर्दै स्वतन्त्र समुहले दोधारा चाँदनी नगरपालिकाको मुल सडक खण्ड (बाबाथान बजार क्षेत्र सडक) निमार्ण कार्य तत्काल निमार्ण कार्य संचालन नगरेमा चरणबद्धरुपमा आन्दोलन गर्ने चेतावनी दिएको छ् ।

‘दोधारा चाँदनी नगरपालिका–७ बाबाधान बेजार सडक (मुल सडक खण्ड) विगतको लामो समय देखि निमार्ण कार्य अबरुद्ध भई स्थानियहरुको आवागमन असहज हुदै आएको तथा बजार क्षेत्र निरन्तर कुरुप हुदै गएकाले यस विषयमा हाम्रो (स्वतन्त्र समुहको) गम्भीर ध्यानकषर्ण भएको छ् । उक्त सडक जनताको जनजिविका संग प्रत्यक्ष जोडिएकोले मुलसडक तत्काल निमार्ण गरि जनतालाई आवत– जावत सहज गरिदिनु ध्यानआकर्षण गराउन चाहान्छौं ।

उक्त कार्य नगरेको खण्डमा हाम्रा स्वतन्त्र समुह चरणबद्ध आन्दोलन गर्न बाध्य हुने छौं’ स्वतन्त्र समुह दोधारा चाँदनीका अध्यक्ष भिम कुमाल र सचिव भत्त बहादुर सुनारद्धारा जारी प्रेस बिज्ञप्तीमा भनिएको छ् ।

ताजा समाचार