वित्तीय साक्षरता तथा पोशाक वितरण कार्यक्रम सम्पन्न

कञ्चनपुर : कञ्चनपुरको भीनपा–७ स्थित बालजागृति आधारभूत विद्यालयलाई स्वालम्बन लघुवित्त वित्तीय संस्था लि. शाखा कार्यालय सुडाले पोशाक वितरण गरेको छ । आधारभूत विद्यालयमा रहेका ६५ जना विद्यार्थीलाई पोशाक वितरण गरेको हो । कार्यालयको आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पोशाक वितरण गरेको हो ।

भीनपा –७ हल्दुखाल कोरियन चोक देखि केही दुरीमा रहेको यस विद्यालयमा विपन्न वर्गका विद्यार्थीहरुले अध्ययन गर्दै आएका छन् । त्यहाँ अध्ययनरत विद्यार्थीलाई शिक्षाको साथै पोशाकमा पनि सहिजिकरण गर्ने उद्देश्यले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई पोशाक वितरण गरिएको विद्यालयका प्राध्यापक महेश भट्टले बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्मब सिह महराको सभापतिथ्यमा सुदूरपश्चिम प्रदेश कञ्चनपुर क्षेत्र नं. ३ (क) सभासद प्रकाश रावलको प्रमुख आतिथ्य रहेको थियो कार्यक्रममा विशिष्ट अतिथी भीमदत्तनगर पालिका उपप्रमुख निलम लेखक, भीनपा ४ का वडा अध्यक्ष शुशिल भट्ट त्यसैगरी भीनपा–७ का वडा अध्यक्ष गणेश चन्द, स्वालम्वन लघुवित वित्तीय संस्था लि.का वित्त तथा लेखा विभाग प्रमुख मोहन प्रसाद भट्टराई, सुदुरपश्चिम प्रमुख राजेन्द्र कुमार श्रेष्ठ, कञ्चनपुर शाखा प्रमुख चन्द्र प्रसाद जैसी लगायत अभिभावक, शिक्षक, वित्तिय संस्थाका कर्मचारी लगायत स्थानियको उपस्थिती रहेको थियो ।

वित्तीय साक्षरता तथा पोशाक वितरण कार्यक्रमको आयोजक बालजागृति आधारभूत विद्यालय रहेको छ भने स्वालम्वन लघुवित वित्तीय संस्था लि.को सहायोग रहेको थियो ।

ताजा समाचार