कञ्चनपुर : राना थारू सामुदयिक सिकाइ केन्द्रको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार भीमदत्त नगरपालिका–१६ को सभाहलमा कार्यक्रम सम्पन्न गरिएको हो। संस्थाका अध्यक्षन नवीन रानाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुको साथै यस सिकाइ केन्द्रले विविध कार्यक्रमहरु गर्दै आइरहेको बताएका छन । उनले विगतदेखि नै साक्षरता, सिलाई तालिम, हाजिरी जवाब प्रतियोगिता, अवलोकन भ्रमण, संस्कृति झल्काउने कार्यक्रमहरू निरन्तर गर्दै आइरहेको बताएका छन् । साथै उनले धेरै काम गर्न बाँकी रहेको तथा जुन उद्देश्यका लागि संस्था सञ्चालनमा ल्याइएको हो त्यो उद्देश्य पूरा नभएको बताउँदै उद्देश्य पूरा गर्न अहोरात्र खटिने प्रतिवद्धता गरेका छन् ।

कार्यक्रमका बोल्दै भीमदत्त–१६ का वडा अध्यक्ष केशव सिंह विष्टले सिकाइ केन्द्रको स्थानमा कालदेखि नै प्रौढ शिक्षा तथा सिलाई कटाई तालिम आयोजना गर्दै आइरहेको बताए । साथै उनले आगामी दिनमा रानाथारु समुदायको लागि गर्न सक्ने सम्पूर्ण कार्यको लागि तत्पर रहने प्रतिवद्धता गरेका छन् । कार्यक्रमका विशिष्ट अतिथि एवं भीमदत्त –१३ का वडा अध्यक्ष रामचन्द्र बोहरा (झक्कास)ले राना थारू संस्कृतिको जगेर्ना गर्न सदैव तत्पर रहने बताएका छन् । कला संस्कृतिको जगेर्ना गर्न सबैले आफ्नो आफ्नो ठाउँबाट पहल गर्नुपर्ने बताएका छन् । साथै सिकाइ कार्यक्रमहरू समेत सञ्चालन गर्न सधैं तत्पर रहने उनको भनाई रहेको छ ।

त्यसैगरी कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर रानाले राना थारू सामुदयिक सिकाइ केन्द्रलाई आफूले सकेको सहयोग गर्न सदैव तत्पर रहने प्रतिवद्धता गरेका छन् । कार्यक्रममा सिकाइ केन्द्रका अध्यक्ष नवीन रानाको सभापतित्व भएको थियो भने सुदूरपश्चिम प्रदेश सभा सदस्य बेल बहादुर राना प्रमुख अथिति रहनु भएको थियो, स्वागत मन्तव्य उद्धव बहादुर ठगुन्नाले गरेका थिए, भने कार्यक्रम सञ्चालन सुरेन्द्र रानाले गरेका थिए । कार्यक्रममा वडा सदस्य, रानाथारु समुदायका अगुवा तथा स्थानिय लगायतको सहभागिता रहेको थियो । सहाभागीहरुले थारू समुदायको कला संस्कृति झल्किने मौलिक गीतहरू समेत प्रस्तुत गरिएका थिए ।







