ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया बरामद

कञ्चनपुर : कञ्चनपुरको कृष्णपुर नगरपालिका २वाणीमा रहेको ग्वालावारी सामुदायिक वनबाट अवैध सालका गोलिया(काठ) बरामद गरेको छ । सव डिभिजन वन कार्यालय वाणीको टोलीले ग्वालावारी सामुदायिक वनबाट काठ बरामद गरेको हो । बुधबार वनको टोलीले ग्वालावारीबाट काठ बरामद गरेको जनाएको छ । सव डिभिजन वन कार्यालय वाणीका प्रमुख हरि नारायण यादवले लुकाईराखेको अवस्थामा सालका गोलिया बरामद गरिएको बताए । ‘अहिले हामीले कति काठ हो भनेर एकिन गर्न सकेका छैनौ, ‘उनले भने, ‘अहिलेसम्मको जानकारी अनुरुप १५÷१६थान सालका गोलिया हुन भन्ने आएको छ ।’

उक्त अवैध काठ बारे थप अनुसन्धान गरिने उनले बताए । कृष्णपुरका सामुदायिक वनबाट अवैध काठ बरामददेखि अध्यक्ष, सचिव स्तरकै पदाधिकारी काठ काण्डमा पक्राउ प्रकरणले मिलोमतोमै काठ कटानीदेखि बिक्रि वितरण हुने स्थानीयको दावि छ । स्थानीयले वनकै केही कर्मचारीको मिलोमतोमा सामुदायिक वनका अवैध काठ कटानी हुने र त्यो अवैध काठ बार्किनिङ्ग नमिलेपछि बरामद गर्ने मानिस पक्राउ गर्ने आरोप छ । उद्यपी तथ्य हेर्दा वन कार्यालयले अवैध काठ बरामददेखि संलग्नलाई कार्बाही गर्दै आएको छ ।

कृष्णपुरका सामुदायिक वनमा काठ चोरी तस्करी नरोकिएपछि सर्वत्र कतै सेटिङ्गमै हुन लागेको होकी भनेर नागरिकले शंका गरिरहेका छन । एक पछि अर्को सामुदायिक वनबाट अवैध काठ बरामद देखि पदाधिकारी पक्राउ प्रकरण काठ चोरी तस्करी गरेर धनगढीका सःमिलहरुमा बिक्रि वितरण हुने प्रवृति हावि भएपछि कृष्णपुरका वन रित्तिन लागेको सरक्षणकर्मीहरुको चिन्ता छ ।

ताजा समाचार