मझगाँउ विमानस्थल निर्माणमा निकुञ्जको अवरोध हटाउन पाँच दिने अल्टिमेटम

कञ्चनपुर: मझगाँउमा विमानस्थल निर्माणमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवरोध हटाउन पाँच दिने अल्टिमेटम दिईएको छ । निकुञ्जले रत्न बाटिका क्षेत्रलाई विवादित बनाएर विमानस्थलको काम गर्न अवरोध गर्दै आएपछि मझगाँउ विमानस्थल पुन सचालन समितिले बुधबार जिल्ला प्रशासन कार्यालय र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयलाई ध्यानाकर्षण पत्र बुझउँदै पाँच दिने अल्टिमेटम दिएको हो ।

मझगाँउ विमानस्थल पुन सचालन समितिका सचिव राजेन्द्र चन्दले निकुञ्ज विभागको पत्रलाई लत्याएर निकुञ्ज कार्यालयबाट अवरोध गराउने काम गरेको भन्दै उनले प्रशासन र निकुञ्जको ध्यानाकर्षण गराएर रत्न बाटिकामा काम हुन दिन आब्हान गरिएको बताए । ‘हामीले प्रशासन र निकुञ्ज दुवै कार्यालयमा यो विकास निर्माणको काममा बाधक नभई समन्वयकर्ताको भूमिका निर्वाहमा आग्रह गर्दै आएका छौँ, ‘उनले भने, ‘मानेनन् भन्ने आन्दोलनमा उत्रिन्छौ ।’ मझगाँउ विमानस्थल पुन सचालन समितिका संचार संयोजक ज्ञानेन्द्र महताले संकटकालको मौका छोपेर तत्तकालिन नेपाली सेनाको चण्डदल गणले निकुञ्जलाई छलेर जमिन आफ्नो लालपुर्जा लिदा प्रकृया नचाहिने र सरकारले गर्न लागेको विकासमा निकुञ्ज अहिले बाधक बनिरहेको भन्दै प्रशन गरेका छन ।

उनले निकुञ्ज कार्यालयका निमित्त प्रमुख बरिष्ठ सरक्षण अधिकृत प्रमोद कुमार यादलाई प्रशन गर्दै सेनाले यत्रो निकुञ्जको २२ विगाह जमिन कब्जा गरेर लालपुर्जा बनाउँदा चुप बस्ने अनि अहिले आएर विकासमा बाधा हाल्न खोज्दै भन्दै प्रशन गरेका छन । उनले निकुञ्जका कर्मचारीले अनुचित लाभ लिन खोज्दा नपाएपछि यस्तो अवरोध गर्न लागेको समेत आरोप लगाए । मझगाँउ विमानस्थल पुन सचालन समितिका संयोजक रमेश चन्दले जसरी भएपनि विकासका काममा सहजिकरण गर्न आब्हान गरेका छन । समाजसेवी लिलाध्वज बस्नेतले प्रशासन र निकुञ्जलाई नागरिकले माग गरे अनुरुप समन्वय र पहल गरिदिन आब्हान गरेका छन । बेदकोट नगरका निर्वतमान मेयर अशोक कुमार चन्दले विकास निर्माणका काममा अवरोध नभई सहजिकरण गर्नु अनुरोध गरेका छन । कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले समितिले उठान गरेका विषयमा सहजिकरण गरिने बताए । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सुचना अधिकारी मनोज कुमार ऐरले समितिको मागलाई विभागमा पठाएर निकास तर्फ जाने बताए ।

ताजा समाचार