कञ्चनपुर जिल्ला कुस्ती संघको अध्यक्षमा बोगटी

कञ्चनपुुर : कञ्चनपुर जिल्ला कुस्ती संघको अध्यक्षमा प्रविन बोगटी चयन भएका छन्। कञ्चनपुर जिल्ला खेलकुद समितिका अध्यक्ष कुबेर खड्काको प्रमुख आतिथ्यमा र नेपाल कुस्ती संघका प्रतिनिधि एवम् जिल्ला खेलकुद समिति कञ्चनपुरका उपाध्यक्ष कैलाश चन्द्र गिरिको उपस्थितिमा मंगलबार एक कार्यक्रमका साथ जिल्ला कुस्ती संघ गठन गरिएको हो।

मंगलबार प्रविन बोगटीको अध्यक्षतामा जिल्ला कार्यसमिति चयन गरिएको छ। कार्यसमिति सचिवमा हेमराज अवस्थी, कोषाध्यक्ष लेख राज बि.सि लगायत सदस्यहरु मा बिमला सुनार, पुष्पा कुमारी चन्द, राजेश शाही, भुपी उपाध्याय र सुरेश खड्का रहेका छन्।

कञ्चनपुर जिल्ला खेलकुद समिति अध्यक्ष कुबेर खड्काले ले खेलकुदको विकासका लागि सबैको सहयोग र सहकार्य आवश्यक रहेको जनाए । कञ्चनपुर जिल्ला खेलकुद समिति उपाध्यक्ष कैलाशचन्द्र गिरीले कञ्चनपुर जिल्लामा कुस्ती संघ गठन हुनुले जिल्लाको कुस्ती खेल विकासले गति लिने बताउँदै आगामी दशौँ राष्ट्रिय खेलकुदको तयारीमा जुट्न आग्रह गरे ।

ताजा समाचार