अनेरास्ववियु र युवा संघको स्थापना दिवसको अवसरमा रत्तदान र शैषिक सामाग्री सहयोग

महेन्द्रनगर : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको ६० औँ तथा राष्ट्रिय युवा संघ नेपालको ३५ औँ स्थापना दिवसको अवसरमा कञ्चनपुरमा रत्तदान कार्यक्रम आयोजना गरिएको छ । मंगलबार अनेरास्ववियु र युवा संघले संगठनको स्थापना दिवसको अवसरमा संयुक्त रुपमा रत्तदान कार्यक्रम आयोजना गर्नुका साथै शैक्षीक सामाग्री वितरण गरि स्थापना दिवस मनाएका हुन् । अनेरास्ववियु कञ्चनपुर संयोजक अमर धामीले स्थापना दिवसको अवसरमा रत्तदान गरिएको बताए । उनका अनुसार कार्यक्रममा २० जनाले रत्तदान गरेका छन् ।

मानव जीवनका लागि रगत महत्वपुर्ण भएकाले रगत आवश्यक भएको बिरामीलाई उपचारमा सहयोग पुग्ने अपेक्षा सहित रत्तदान कार्यक्रम आयोजना गरिएका उनले बताए । जिल्लामा अनेरास्ववियुले विद्यार्थीको हकहितसँगै विभिन्न सामाजिक कार्यहरु गदैँ आईरहेको उनको भनाई छ । त्यस्तै राष्ट्रिय युवा संघ कञ्चनपुरका अध्यक्ष दिनेश बिष्टले अनेरास्ववियुसँगै सयुत्त रुपमा रत्तदान कार्यक्रम गरिएको बताए । उनका अनुसार रत्तदान कार्यक्रममा नेकपा एमालेका नेताहरु तथा पार्टी निकट विभिन्न संगठन आवद्ध नेता कार्यकर्ताको सहभागीता रहेको थियो ।

त्यस्तै अनेरास्ववियु र युवा संघले महेन्द्रनगरस्थीत समाज कल्याण अञ्चल बाल अनाथालयमा शैक्षीक सामाग्री सहयोग गरेको उनले बताए । रत्तदान कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा कञ्चनपुर सह ईन्चार्ज नर बहादुर धामी, कृपाराम राना, जिल्ला कमिटि अध्यक्ष लक्ष्मी बुढा लगायतका नेताहरुको सहभागीता रहेको थियो ।

ताजा समाचार