एसपी चक्रराज जोशीका तीन महिना : लागु औषधदेखि तस्करी नियन्त्रणमाथि कारर्बाही

रमेश प्रशाद भट्ट / कञ्चनपुर : एसपी चक्रराज जोशीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको कमाण्ड सम्हालेको तीन महिना भयो । प्रहरी उपरीक्षक (एसपी) जोशीले कञ्चनपुरको कमाण्ड सम्हालेको तीन महिनामा भएका काम कार्बाहीको जिल्ला प्रहरी कार्यालयले उपलब्धी सार्वजनिक गरेको छ । गत फागुन पहिलो साता कञ्चनपुर आएका एसपी जोशी नेतृत्वको कमाण्डको प्रहरीले फरार अभियुक्त पक्राउदेखि चोरी तस्करी बिरुद्धमा निर्मम कार्बाही गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्याङ्क अनुसार फरार तीन महिनाको अवधिमा १सय १३ फरार अभियुक्त पक्राउ परेका छन । अदालतबाट दोषि ठहर भई कैद र जरिवाना भुक्तानी नगरेका फागुनमा ४३, चैत्र २९ र बैशाखमा ४१ जना फरार अभियुक्त पक्राउ गरेका हुन ।

तीन महिनाको अवधिमा भन्सार चोरी तस्करी बिरुद्धमा समेत निमर्म कार्बाही गरिएको छ । फागुनमा ४८लाख, ५८ हजार, चैत्रमा ४२लाख, ८५हजार, बैशाख ६७ लाख, ६१ हजार गरेर तीन महिनाकै अवधिमा १करोड, ५९लाख बढि रुपैयाको भन्सार चोरीछलीका समान बरामद गरेर भन्सार बुझाएको छ । यस्तै नदीजन्य पदार्थको गैर कानुनी उत्ख्नन गर्ने ३२ टेक्टर, २टिप्पर, १जेसिभीलाई नियन्त्रणमा लिएको छ । उनीहरुबोट ११लाख, ३४ हजार राजस्व संकलन गरिएको छ ।

यस अवधिमा जुवातास खेल्ने २५ जना पक्राउ गरेर उनीहरुको १लाख, ३० हजार राजस्व संकलन गरेको छ । हराएका ९७मानिस मध्ये ६२ जना फेला पारेको र ४९जना सीमा नाकाबाट उद्दार गरिएको छ । विभिन्न प्रकृतिका फागुनमा ६८, चैत्र ८० र बैशाखमा ९० गरेर २सय ३८मुद्दा दर्ता गरिएको छ । लागु औषधमा संलग्न एव कारोबारीहरुलाई समेत पक्राउ गरेको छ । फागुनमा ३०, चैत्रमा २४ र बैशाखमा २३ गरेर ७७ जनालाई पक्राउ गरेर कार्बाही चलाएको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम मार्फत समेत लागु औषध, सरसफाई, बाल विवाह न्यूनिकरण, महिला हिन्सा न्यूनिकरण, आत्महत्या रोकथाम, सवारी दुर्घटना, नगारिक सुनुवाई सहित ३२५कार्यक्रम गरिएका छन ।

ताजा समाचार