विरेन्द्र बाग/कन्चनपुर:अनेरास्वियुको ६० औं स्थापना दिवसर र युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा अनेरास्वियु र युवा संघले नेकपा एमाले पार्टि कार्यालय महेन्द्रनगरमा रक्तदान कार्यक्रम सञ्चालन गरेका हुन्।

मङ्गलवार एक औपचारिक कार्यक्रमको उद्घाटन गरेर अनेरास्वियुको ६०औं स्थापना दिवस र युवा संघको ३५ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सञ्चालन गरेका हुन्। रक्तदान सुरू नेकपा एमाले पुर्व प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रिय सदस्य नर बहादुर धामी ले गरेका हुन्।

भने पार्टीका लेखा आयोगका केन्द्रिय सचिवालय सदस्य इश्वरी प्रसाद खरेल पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढा , अनेरास्वियु जिल्ला सहयोजक अम्मर धामी युवा संघ अध्यक्ष दिनेश विष्ट लगायतका थुप्रै नेता कार्यकर्ताले रक्त दान गरेका छन्।

