महेन्द्रनगरको सौर्य होटलमा फाईट हुँदा युवक घाईते, युवती प्रहरी नियन्त्रणमा

कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरको एक होटलमा झगडा भएको छ । गयराती महेन्द्रनगर बजारको सौर्य ममः एण्ड सेकुवा सेन्टर होटलमा झगडा हुँदा एक युवक घाईते भएका हुन । होटलमा मदिरा खानपिन गर्न आएका ग्राहकहरुविच एक आपसमा झै झगडा हुँदा एक युवक घाईते भएका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेश जोशीले एक अपसमा उनीहरुविच झै झगडा हुँदा भीमदत्त नगरपालिका १८का युवक उमेश जोशी घाईते भएको बताए । घाईते जोशीको महाकाली अस्पतालमा उपचार हुन नसकेपछि भारतीय अस्पताल लगिएको छ । घाईते जोशीलाई माथिल्लो तलाबाट घकेलेर फ्याकिएको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक युवतीलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । होटल साहु नभएको मौकामा कामदार तथा अन्य ग्राहकबाट घटाईयो यो घटना बारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ । प्रहरीले होटल रातभरी कुसेको छ ।

ताजा समाचार