दुई दशक देखि बन्द कञ्चनपुर मझगाउँ विमानस्थल अझै शुचारू हुन सकेन

रमेश प्रसाद भट्ट/कञ्चनपुर– दुई दशक देखि बन्द अवस्थामा रहेकाे कञ्चनपुरकाे मझगाउँ विमानस्थल सञ्चालन हुन नसक्दा जिल्लाकाे समग्र विकासमै बाँधा पुगेकाे छ । ०५८ साल देखि बन्द अवस्थामा रहेकाे मझगाउँ विमानस्थल तत्कालीन देशमा भएकाे द्वन्दका कारण बन्द भएपनि हाल सम्म पुन: सञ्चालन हुन नसक्दा यहाँका जनताले सास्ती व्यहर्नु परे संगै जिल्लाकाे चाैतर्फि विकास माथिनै अवराेध हुन पुगेकाे हाे । विमानस्थल संञ्चालनका लागि पटक-पटक राजनैतिक दलहरूले चुनावी एजेन्डा मात्रै बनाए तर काम भने कसैले गरेनन् । अहिले विमानस्थल पुन: सञ्चालन हुनुपर्छ भनेर जनस्तरबाट चाैतर्फि आवाज उठिरहेकाे छ । विमानस्थल सञ्चालन संघर्ष समितिले बेला बेलामा थुप्रै काम गरिरहेकाे छ । तर राज्य पक्षबाटनै अवराेध भईरहेकाे संघर्ष समितिकाे ठहर छ ।

यसरी मझगाँउ विमानस्थल शुचारुको माग अघि सारेर संघर्ष समितिले सबै राजनैतिक दल, सांसद देखि प्रधानमन्त्री सम्मकाे ध्यानाकर्षण गराईसकेकाे छ । तर काम सुचारू हुन्छ भन्ने आश्वासन बाहेक केही पनि हुन सकिरहेकाे छैन । विमानस्थलकाे मैदान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जकाे जग्गा तत्कालिन संकटकालकाे माैका छाेपेर नेपाली सेनाले आफ्नो नाममा हालेकाे संघर्ष समितिकाे ठहर छ । अहिले विमानस्थल सञ्चालनकाे मुख्य बाधकनै अतिक्रमीत जग्गा खालि हुन नसक्नु रहेकाे भन्दै विमानस्थल पुन: सञ्चालन संघर्ष समितिका संचार संयाेजक ज्ञानेन्द्र सिंह महताले निकुञ्जकाे नाममा रहेकाे जग्गा विमानस्थलकाे मैदान रहेकाले सम्बन्धित निकायले खाली गर्ने कुनै आट नगरेकाले यहाँ नीति भन्दापनि नियत खाेट देखिएकाे आराेप लगाएका छन् । उनले भने “जसकाे जग्गा हाे, उसलेनै माैनता साधेकाे छ, यसरी गैरकानुनी तवरले निकुञ्जकाे जग्गा सेनाले नाममा हाल्न पाउदैन, यसमा निकुञ्जले आफ्नो जग्गा फिर्ता लिपर्छ।”

२०५१ सालकाे राजपत्रमा निकुञ्जकाे नामा रहेकाे जग्गा विमानस्थलकाे मैदान भनि चारकिल्लामा उल्लेख रहेकाे पाईएपनि पछि सेनाले गैरकानुनी तवरले लिएकाे उनकाे आरोप छ । संचार संयाेजक महताले विकासमा कसैले पनि अवराेध गर्नु हुदैन, आज दिउसाे ३ बजेबाट जग्गा खालि गर्ने जनाए ।सेनाले निकुञ्जकाे करिब २२ विगाहा जग्गा आफ्नो नाममा हालेकाे छ । जस मध्ये ३ सय ४० मिटर जग्गा विमानस्थल प्रयाेजनार्थ आवश्यक पर्छ । अहिले मझगाँउ विमानस्थल पुन: संचालन संघर्ष समितिले काम चालु गर्ने याेजनाका साथ कार्य अघि बढेकाे मझगाँउ विमानस्थल संचालन संघर्ष समितिले आइतबार विमानस्थलकाे मैदानमा सर्वपक्षिय बैठक राखेर सेनाले अतिक्रमिण गरेकाे ३ सय ४० मिटर क्षेत्रकाे जग्गा खालि गर्ने संघर्ष समितिका सचिव राजेन्द्र बहादुर चन्दले बताउनु भयाे । उनले भने “हिजाेकाे बैठकले आज दिउँसोबाट निर्माण कम्पनीको डोजर लगेर सेनाले अतिक्रमण गरेको रत्न बाटिकामा काम शुचारु गर्ने निर्णय गरेको छ ।”

विमानस्थल सञ्चालनमा अब काे बाधक बन्छ, हामिले काम अघि बढाउछाै, उनले भने `संघर्ष समितिले हाल सम्म विमानस्थल सञ्चालनका लागि अनेकाै काम गर्याे तर केही विकास विराेधि तत्वले काममा बाधा मात्रै हाले अब हामी बाधक बनेकाे काम अघि बढाउन राक्दैनाै ।” अवराेध हटाउनमा कसैले अवराेध गरे पछि हामी चरणबद्व रूपमा आन्दोलन देखिन दवाफमुलक कार्यक्रमका साथ जनतामा जाने संघर्ष समितिले निर्णय गरेकाे सचिव चन्दले बताउनु भयाे । यसरी मझगाउँ विमानस्थल सञ्चालन हुन सके कञ्चनपुरकाे पर्यापर्यटन देखि जिल्लाकै चाैतर्फि विसकामा समेत सकारात्मक प्रभाव देखिन्थ्याे ।

ताजा समाचार