चुरे क्षेत्रमा हुचिल चरा फेला

कञ्चनपुर : कञ्चनपुरको उत्तरी चुरे क्षेत्रमा एक सरक्षित चरा फेला परेको छ । जिल्लाको उत्तरी क्षेत्र भीमदत्त नगरपालिका ८ तिलाचौरमा हुचिल चरा फेला परेको हो ।

तिलाचौरका स्थानीय जय बहादुर खत्री (जागिरा)को खेतमा फेला परेको सरक्षित हुचिल चरो डिभिजन वन कार्यालय कञ्चनपुरमा ल्याईएको छ । जादुकर नामले समेत परिचित हुचिल चरा गाँउमा घाईते अवस्थामा फेलापरेपछि डिभिजन वन कार्यालय कञ्चनपुरका जमदार अर्जुन सिह थापाले उद्दार गरेर ल्याएका थिए ।

डिभिजन वन कार्यालय कञ्चनपुरका सुचना अधिकारी शिवराज अवस्थीले लोपोन्मुख हुचिल चराको उपचार गरेपछि वनमा छाडिने बताए । ‘अहिले यो चरा घाईते छ, ‘उनले भने, ‘भेटेरिनरी अस्पतालमा उपचार गरिरहेका छौँ, निको भएपनि वनमा छाड्छौैँ ।’

ताजा समाचार