महेन्द्रनगर : छलिया प्रदशनिको तयारी अन्तिम चरणमा पुगेको छ । महाकाली साहित्य संगमको आयोजना तथा सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा बुधबारदेखि भीनपा -१० स्थित महेश्वर माध्यमिक विद्यालय सुकासालको प्रागणमा सुरु भएको छलिया नृत्य तालिम तथा प्रदर्शनी अन्तिम चरणमा पुगेको छ ।

सुदूरपशिचमका दुई जना छलिया, दुई जना बाध्यबाधनका गरी चार जना चर्चित प्रशिक्षकले प्रशिक्षण गरीरहेको महाकाली साहित्य संगमका केन्द्रिय अध्यक्ष हरिस प्रशाद जोशीले बताए ।
छलिया नाचलाई युवा पुस्तामा पुस्तान्तरण र व्यवसायीकरणका लागि तालिमको आयोजना गरिएको महाकाली साहित्य संगमका अध्यक्ष जोशीले बताए । ‘खासमा छलियाबाट युवा पुस्ताले आयआर्जन गर्न सकुन भन्ने उद्धेश्यका साथ तालिमको आयोजना गरेका छौ,’ अध्यक्ष जोशीले भने ‘संगै लोप हुने छलियाको जगेर्ना पनि हुने भएकाले यसको व्यपक प्रदशनीको समेत आयोजना गरेका छौ ।’

बैशाख २६ गतेदेखि सुरु गरिएरीको तालिम बैशाख १ गते मंगलबारका दिन बजारमा छलिया प्रदर्शनिसहित भानु पार्टी प्यालेसमा समापन समारोको आयोजना गरिएको अध्यक्ष जोशीले बताए । तालिममा छलिया व्यवसायमा लागेको, पढाई छोडेको, हाईस्कूल भन्दामाथिका विद्यार्थीहरुलाई र सबै समुदायका युवालाई छनौट गरी तालिम दिईरहको उनले बताए ।
तालिमबाट उत्कृष्ट ४०÷५० जनालाई जेठ १ गते प्रदर्शनीका लागि छनौट गरिनुका साथै स्वरोजगारी प्रदान गर्नको लागि उनीहरुलाइ विभिन्न बाध्यवादन लगायतका छलियाका सामाग्रि प्रदान गरिने अध्यक्ष जोशीले बताए । उक्त तालिममा महेश्वर माविले ग्राउण्ड, पीउने पानी, भवनलगायतका प्राविधिक सहयोग गरेको उनले बताए ।

