नेशनल लाईफकाे बीमा सचेतना कार्यक्रम सम्पन्न 


दाेधारा : नेशनल लाईफ ईन्स्याेरेन्स कम्पनी लिमिटेड महेन्द्रनगर शाखाले महाकाली पारि रहेको दाेधारा चादनि नगर पालिकामा बीमा जनचेतना कार्यक्रम सम्पन्न गरेकाे छ।  दाेधारा चादनि नगरपालिका हेल्थपाेष्ट बजारमा रहेकाे श्री भानु बहुमुखि  क्याम्पसकाे हलमा २०८१ बैशाख २९ गते करिव २ दर्जन भन्दा बढि स्थानिय जनताकाे उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको छ।

बीमाकाे आवश्कता, बीमा भुक्तानीकाे तरिका, चुनाैति र समाधानका बिषयमा  महेन्द्रनगर शाखाका शाखा प्रमुख नविन किशाेर भट्टले प्रकाश पार्नु भयाे। उपस्थित सहभागिलाई  महेन्द्रनगर शाखाका मार्केटिङ अफिसर  कृष्ण सिह ठगुन्नाले स्वागत मन्तब्य राख्नु भएको थियाे ।

कार्यक्रममा  वर्तमान तथा निवर्तमान  जनप्रतिनिधि सहित स्थानीय  २ दर्जन भन्दा बढिकाे उपस्थिति रहेको कार्यक्रम कम्पनीका मुख्य व्यवशाय प्रबन्धक राजेन्द्र बहादुर चन्दले संचालन गर्नु भएको थियाे। कार्यक्रम पश्चात सहभागीहरुले जीवन बीमाका बारेमा रहेकाे अन्याैल दुर हुनुका साथै जीवन बीमाकाे आवश्यकता र महत्त्व बुझेकाे प्रतिक्रिया दिनु भयाे।


Loading Viewer...

ताजा समाचार

spot_img