हार्डवेयर व्यवसायी साउदद्वारा विष्णु मन्दिर विद्यालयलाई पङखा सहयोग

कञ्चनपुर: कञ्चनपुरको भीमदत्त नगरपालिका एक हार्डवेयर व्यवसायीले विद्यालयलाई पङखा सहयोग गरेका छन । भीमदत्त नगरपालिका १० तिलकेनीका स्थानीय समाजसेवी समेत रहेका कल्पना हार्डवेयर एण्ड सप्लायर्सका संचालक खगेन्द्र साउदले विष्णु मन्दिर आधारभूत विद्यालयलाई पङखा सहयोग गरेका हुन ।

साउदले गर्मी बढ्दै गएपछि विद्यार्थीको सहजताका लागि विष्णु मन्दिर आधारभूत विद्यालयलाई पाँच थान पङखा वितरण गरेका छन । भीमदत्त नगरपालिका १०कै स्थानीय युवा गोकर्ण महराले समाजसेवी साउदले शुक्रबार एक कार्यक्रमका विच विद्यालयलाई उक्त पङखा हस्तान्तरण गरेको बताए । विद्यालयलाई साउदले पङखा दिएसंगै विद्यार्थीका लागि पठन पाठनमा सहजता हुने भन्दै विद्यालयले सहयोगी साउदप्रति आभार प्रकट गरेका छन ।

ताजा समाचार