दोधारा चाँदनी– ६ वडामा पक्की सडक निमार्ण कार्यले पायो तिब्रता, वडालाई सडक सञ्जालमा जोडिदै

दोधारा । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका– ६ मा पक्की सडक निमार्ण कार्यले तिब्रता पाएको छ् । दोधारा चाँदनी नगरपालिका– ६ को हेल्थपोष्ट बजार देखि कमलशा आधारभुत बिद्यालय हुदै सुक बहादुर सुनार तथा संगम चोक सम्मको झण्डै ३ किलोमिटर पक्की सडक निमार्ण कार्यले तिब्रता पाएको छ् । संघिय सरकारको कार्यक्रम अनुसार दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतको बिशेष पहलमा वडालाई सडक सञ्जालमा जोड्न ढाई करोडको लागतमा पक्की सडक निमार्ण कार्यले तिब्रता पाएको हो । हिलाम्यमे हुने बस्तीको बाटो पक्की सडक हुने थाले संगै हिलोमा हिडने बाध्यता हटेको स्थानियबासीहरुले बताएका छन् । वडामा अझै सम्मको ठुलो योजनाको सडक निमार्ण कार्य सुरु भए संगै स्थानियहरुमा खुशी छाएको छ् ।

सडक निमार्ण पछि वडाका झण्डै १ हजार बढी घरपरिवार पुर्णरुपमा लाभान्भित हुन स्थानियहरुको आंकलन छ् । उक्त पक्ककी सडक निमार्णको जिम्मा गणमेश्वर बिल्ड्रर्स निमार्ण कम्पनीले लिएको छ् । यहि अषाढ मसान्तमा पुरा गर्ने लक्ष्य सहित निमार्ण गरिएको निमार्ण कम्पनीले जनाएको छ् । तिन किलोमिटर निमार्ण क्रममा रहेको पक्की सडक वडाकै ठुलो योजना रहेको बताउदै बजेट ल्याउन आफुहरुले धेरै प्रयत्न गरेको दोधारा चाँदनी नगरपालिका– ६ का वडाध्यक्ष ओंम बस्नेतले बताउनुभएको छ् । चुनावको बेला गरिएको प्रतिबद्धता सडक निमार्ण संगै स्वास्थ्य, शिक्षामा प्राथमिकता दिएको वडाध्यक्ष बस्नेतले बताउनुभएको छ् ।

वडाध्यक्षको पहलमा निमार्ण भईरहेको पक्की सडकले आफुहरु सन्तुष्ट रहेको बताउनु हुदै आगामी दिनहरुमा पनि सरकारले सडक, शिक्षा तथा स्वास्थ्यमा ध्यान पुगोस भन्ने आफुले अपेक्षा राखेको स्थानियबासी महेश भट्टले बताएका छन् । बस्ती बसेपछि पहिलो पटक उक्त कच्ची सडकमा पक्की सडक निमार्ण हुन थाले संगै स्थानियबासीहरु खुशी प्रकट गरेका छन् । पक्की सडक नभएको कारण वर्षायाममा हिडडुल गर्न, कुटानी पिसानी, बिद्यार्थीहरुलाई बिद्यालय जान लगाएत थुप्रै समस्या स्थानियहरु झेल्दै आएका थिए ।

बस्ती पक्की सडक सञ्जालमा जोडिन थाले संग स्थानियहरु पवन सुनार खुशी ब्यक्त गर्नुहुदै जनप्रतिनिधीहरुलाई धन्यबाद दिएका छन् । पक्की सडक निमार्णले आवागमनमा सहजता संगै वडामा सोन्दर्यता समेत बढाएको उहाँहरुले बताउनुभएको छ् ।

ताजा समाचार