महिलाहरुका लागि साबुन बनाउने तालिम शुरु

खडक बहादुर काेली/कञ्चनपुर : कञ्चनपुरको भीमदत्त नगरपालिका महेन्द्रनगरमा महिलाहरुका लागि साबुन बनाउने तालिम शुरु गरिएको छ । भीमदत्त नगरपालिका ४नम्बर वडा कार्यालयले साबुन बनाउने तालिम शुरु गरेको हो ।

भीमदत्त नगरपालिका ४का वडाध्यक्ष शुशिल भट्टले वडामा महिलाहरुलाई आत्मनिर्भर बनाउनका लागि महिलाका लागि तालिम सं्रचालन गरिएको बताए । कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारतीले तालिममा सिकेका विषय व्यवहारिक कार्यान्वनमा जोडदिए ।

बिशिष्ठ अथितिद्वय नगर उपप्रमुख निलम लेखक, नगर प्रवक्ता पदमराज अवस्थीले समेत तालिममा सिकेका विषय व्यवहारिक कार्यान्वनमा जोडदिए ।एक हप्ता सम्म चल्ने तालिममा ३० जना महिलाहरु सहभागि रहेकाे तालिमा प्रशिक्षक द्वय गोदावरी भण्डारी र भागरती बिष्ट रहेकी छन्। आर्थिक वर्ष २०८० /२०८१ को स्वीकृति कार्यक्रम अन्तर्गत तालिम सञ्चालन भएको वडा सचिव पुष्पराज कलौनीले बताइए।

ताजा समाचार