कञ्चनपुर: कञ्चनपुरको उत्तरी चुरे क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरुलाई सुशासन प्रर्बद्धन तालिम दिईएको छ । चुरे सरक्षण सञ्जाल नेपालले जिल्लाको बेदकोट र भीमदत्त नगरपालिका क्षेत्रका सामुदाियक वनका पदाधिकारीहरुलाई सुशासन प्रर्बद्धन तालिम दिन लागेको हो । चुरे सरक्षण सञ्जाल नेपालका अध्यक्ष रविन्द्र कुँवरले शुक्रबारदेखि तालिम सचालन गरिएको बताए । अध्यक्ष कुँवरले पहिलो दिन बेदकोट नगरपालिका क्षेत्रका सामुदायिक वनका पदाधिकारीहरुलाई तालिम दिईएको बताए ।

अध्यक्ष कुँवरका अनुसार सामुदायिक वनका पदाधिकारीहरुलाई अख्तियार हुन नदिन सचेतना तथा सुशासन प्रर्बद्धनका लागि तालिम संचालन गरिएको छ ।
‘हामीले पहिलो दिन बेदकोट नगर क्षेत्रका विभिन्न ८ सामुदायिक वनका पदाधिकारीलाई सुशासन प्रंर्बद्धन तालिम लिएका छौँ, ‘उनले भने, ‘यो क्रमिक रुपमा हामी बेदकोट नगरकै थप र बाँकी भीमदत्त नगरका पदाधिकारीलाई पनि दिन्छौँ ।’ चुरेसंग प्रत्यक्ष जोडिएका बेदकोट र भीमदत्त नगरपालिका २२ सामुदायिक वनका पदाधिकारीहरुलाई तालिम दिईने छ । ‘सामुदायिक वनका साथिहरु रातदिन वन, वन्यजन्तुमा खटिएका हुन्छन, ‘काम गर्दै जाँदा समान्य त्रुटीले पदाधिकारीप्रति असन्तुष्ट पक्षले अख्तियारमा मुद्दा हाल्ने प्रवृति बढेको छ, त्यसबाट सामुदायिक वनको बृद्धि विकासमा प्रभाव पर्दै छ ।’

समयमै सचेत गराउने उदेश्यले कानुन, वन प्राविधिक सहितका विज्ञ जानकारबाट अभिमुखिकरण गराईरहेको बताए ।
तालिमका सहभागिहरुले तालिम समय सान्र्दभिक भएको बताएका छन । उनीहरुले काम गर्दै जाँदा भुलबस कानुनी विषयमा चुकेपछि झन्झट खेप्नु भन्दा पहिल्यै थप कानुनी व्यवस्था बारे अभिमुखिकरण गराएको बताएका हुन । बैतडा सामुदायिक वनका सचिव राजुराम सार्की(भुल)ले कानुनको अनविज्ञता देखि समान्य त्रृटीलाई लिएर वनका पदाधिकारीले अख्तियारमा खेप्नुपर्ने झमेलाबाट शुरुवाती चरणमै कसरी बाँच्ने भन्ने विषयमा अभिमुखीकरण गराईएको बताए । ‘जनताको पक्षमा काम गर्दै गर्दैपनि कहिलेकाही आउने समान्य कमकमजोरीलाई लिएर अदालत, अख्तियार धाउँदा वनको बृद्धी विकास र उपभोक्ताहरु समेत सेवाबाट बञ्चित हुन्छन, ‘उनले भने, ‘काम गर्दा कानुनी विषयमा ध्यान दिदा स्वयम पदाधिकारीलाई नै सहज हुन्छ ।’

बच्छेला सामुदायिक वनका अध्यक्ष विष्णूराम दमाईले समुदायिक वनका पदाधिकारीले नियम राम्रो राख्दाराख्दैपनि कहिलेकाही आउने बाधाले यतिकै अख्तियारमा धाउनुपर्ने सृजना उत्पन्न हुने भएकाले थप कानुनी विषयमा जानकारी पाए सामुदायिक वनको कामकाजमा सहजता हुने बताए । अध्यक्ष दमाईले तालिमबाट वनका उपभोक्ताहरुलाई थप पुर्नजागृत गराएको बताए । चुरे सरक्षण सञ्जाल नेपालका व्यवस्थापक करन भट्टले तराई भू परिधी कार्यक्रम मार्फत तालिम संचालन गरिएको बताए । सामुदायिक वनका पदाधिकारी बिरुद्ध अख्तियारमा पर्ने मुद्दालाई मध्य नजर गर्दै चुरे सञ्जालले सरक्षणकर्मीमाथि आईलाग्ने समस्या बारे पहिल्यै सचेत गराउनका लागि तालिम संचालन गरिएको बताए । ‘
सामुदायिक वनका आर्थिक सुशासन थप प्रभावकारी बनाउँदै, उपभोक्ताप्रति उत्तरदायि बनाउने हाम्रो उदेश्य हो, ‘उनले भने, ‘सोही बमोजिम तालिम संचालन गरेछा छौँ ।’
बेदकोट नगरपालिका प्रमुख भोजराज बोहराले सामुदायिक वनका सुशासन कायम गर्नका लागि वनका पदाधिकारीलाई दिईएको तालिमबाट थप सुशासन प्रर्बद्धन हुने बताए । डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख भीम प्रशाद कँडेल र उच्च सरकारी वकिल कार्यालय महेन्द्रनगर दिपायल इजलासका सहन्यायाधिवक्ता प्रकास भण्डारीले विद्यमान कानुनी व्यवस्था बारे अभिमुखिकरण गराएका छन ।






