आन्द्रामा समस्या भएका धन बहादुरलाई राष्ट्रिय युवा संघद्धारा उपचार रकम हस्तान्तरण

दोधारा । एमाले निकट युवा संगठन नेपाल राष्ट्रिय युवा संघले दोधारा चाँदनीका धन बहादुर सुनारलाई उपचारमा संकलित रकम हस्तान्तरण गरेको छ् । नेकपा एमाले दोधारा चाँदनी– ९ वडाका वडा उपसचिव भक्त बहादुर रावतको अगुवाई तथा नेपाल राष्ट्रिय युवा संघ पुर्व केन्द्रिय सदस्य रामसिंह खड्का तथा नेपाल राष्ट्रिय युवा संघ दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चौधरीको सहयोगमा दोधारा चाँदनी नगरपालिका– ९ बडुवाल टोलका आन्द्रमा समस्याले ग्रसित वर्ष अन्ताजी ४० का धन बहादुर सुनारको उपचार सहयोगको लागी संकलित रकम रु. ६४ हजार ५ सय १० रुपिँया आज एक कार्यक्रमको बिच धन बहादुर सुनारको घरमा पुगेर हस्तान्तरण गरेका छन् ।

हस्तान्तरण कार्यक्रममा नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज गगन खत्री, दोधारा चाँदनी नगरपालिका– ९ का वडाध्यक्ष गोपी लाल कडेंल, नेकपा एमाले दोधारा चाँदनी– ९ वडाका वडा उपसचिव भक्त बहादुर रावत, नेपाल राष्ट्रिय युवा संघ पुर्व केन्द्रिय सदस्य रामसिंह खड्का, राष्ट्रिय युवा संघ दोधारा चाँदनीका नगर अध्यक्ष बिनोद चौधरी, धन बहादुर का वुवा शेरे सुनार लगाएत स्थानियहरुको सहभागिता रहेको थियो । संघले दोधारा चाँदनी नगरपालिकामा धन बहादुर सुनारको उपचारको लागि केही दिन अघि देखि सहयोग रकम संकलन सुरु गरेको थियो । धन बहादुर सुनार झण्डै चार महिना देखि आन्द्राको समस्याले ग्रसित भएका छन् ।

उनको उपचारमा झण्डै रु. १४ लाख बढी खर्च भएर उपचार रकममा समस्या देखिएको कारण उपचारमा सघाउ पुग्ने उद्देश्यले सहयोग रकम संकलन सुरु गरिएको नेपाल राष्ट्रिय युवा संघ पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काले बताएका छन् । ‘आर्थिक अवस्था निकै दैनिय रहेका भिम सुनारजीको उपचारको लागि साथीहरुको सल्लाहबाट रकम संकलन गरेका हौं’ पुर्व केन्द्रिय सदस्य रामसिंह खड्काले भने । धन बहादुर सुनारका वुवा शेरे सुनारले पिडाको बेलामा युवा संघका युवाहरुले गरेको सहयोगले आफुहरुलाई ठुलो सहयोग भएको बताएका छन् ।

उनले नेपाल राष्ट्रिय युवा संघका टोली तथा दाताहरुलाई धन्यबाद दिएका छन् । नेपाल राष्ट्रिय युवा संघका युवाहरुले गरेको कार्य परोपकारी भएको बताउदै आगामी दिनहरुमा समेत युवाहरुले यस्ता सामाजिक कार्य युवाहरु सहभागिता रहनेमा आफु ढुक्क भएको नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज गगन खत्रीले बताएका छन् ।

‘युवाहरुले गरेको परोपकारी प्रति हामी सबैले गर्भ गरेका छौं’ नेकपा एमाले दोधारा चाँदनी ईन्चार्ज गगन खत्रीले भने ।

 

ताजा समाचार