बैतडामा जनावरको घरेलु जनावरमाथि आक्र्रमण

कञ्चनपुर : कञ्चनपुरको बैतडा गाँउमा जंगली जनावरले घरेलु जनावरमाथि आक्र्रमण गरेको छ । बेदकोट नगरपालिका ४ बैतडामा जंगली जनावरले घरेलु जनावरमाथि आक्र्रमण गरेको हो । गयराती तीन किसानका बाख्रा जंगली जनावरले खाईदिएको स्थानीयले बताएका छन ।

स्थानीय माया महरा(बोहरा)ले किशोर धानुक, अमर धामी र विक्रम धामीको गोठमा बाँधेका १/१ बाख्रा खाईदिएको बताईन । ‘गोठमै आएर बाख्रामाथि आक्र्रमण गर्ने पक्कै पनि चितुवासम्मकै जनावर हुनुपर्छ, ‘उनले भने, ‘घरपालुवा जनावरमाथि अहिले यसरी आक्र्रमण हुँदा भावि दिनमा कुनैदिन मानिस माथि आक्र्रमण हुने खतरा बढ्यो ।’ किसानलाई आवश्यक क्षतिपूर्ति दिनुपर्ने स्थानीयको माग छ ।

ताजा समाचार