कञ्चनपुर : कञ्चनपुरका पुर्व विद्यार्थी नेताले आमाको स्मृतिमा एक बृद्धआश्रममा फलफुल वितरण गरेका छन । पुर्व विद्यार्थी नेता नरेन्द्र भाटले स्व.आमाको स्मृतिमा एक बृद्धआश्रममा फलफुल वितरण गरेका हुन ।
बुधबार मातातिर्थ आमाको मुख हेर्ने दिनको अवसर सारेर बेदकोट नगरपालिका ८ मा रहेको बैजनाथ धाम जेष्ठ नागरिक सेवा केन्द्रमा बस्दै आएका जेष्ठ बेसाहरा नागरिकहरुलाई स्याउ, केरा, अंगुर, जुस सहितका खाने परिकार वितरण गरेका हुन ।
पुर्व विद्यार्थी नेता एव युवा उद्यमी नरेन्द्र भाटले आफ्नो जन्मदिन सहित मातातिर्थ आमाको मुख हेर्ने दिनको अवसर जन्मदिने आमाको स्मृतिमा बृद्धआश्रममा बस्दै आएका आमाहरुलाई फलफुल वितरण गरेको बताए ।
