कञ्चनपुर : कञ्चनपुर महेन्द्रनगरमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिन बस्दै आएका स्थानीय व्यवसायीहरु पुर्ण रुपमा हटेका छन । भीमदत्त नगरपालिका ४ महेन्द्रनगर रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको जमिन बस्दै आएका स्थानीय व्यवसायीहरु पुर्ण रुपमा हटेका हुन । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले दिएको समयसीमा भित्रै व्यवसायीहरुले आ–आफ्नो घर खाली गरेर हटेका हुन । प्रशासनले २५बैशासम्म घर खाली गर्न सुचना जारी गरेको थियो ।
सोही अनुरुप झण्डै एक सय भन्दा व्यवसायीहरुले घर खाली गरेका हुन । उनीहरु विगत एक दशक अघि तत्तकालिन नेशनल टे«डिङ्ग कम्पनीबाट ठेक्का भए अनुरुप ठेकेदारबाट जमिन लिजमा लिएर बस्दै आएका थिए । चालु आर्थिक बर्ष ०८०/०८१मा भाडा संकलनकर्ता ठेकेदार र कार्यालयविचको आपसीद्वन्द्व बढेपछि व्यवसायीले विचमै कारोबार चौपट बनाएर घर खाली गर्नु परेको उनीहरुको दुखेसो छ । व्यवसायी भीम ठगुराठीले सरकारको निर्णयको स्वागत गर्दै आफुलाई घाटा हुँदाहुँदैपनि घर खाली गरेको बताए । उनले उक्त स्थानमा भावि दिनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले घर संरचना बनाए पहिलो प्राथमिकतामा बसेकाहरुलाई दिने सर्तमा समेत सहजै खाली गरेको बताए । व्यवसायीहरुले आ–आफ्नो ब्यापारको समान सहित घर खाली गराएपछि बुधबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आफ्नो जमिन व्यवस्थापन गर्न लागेको छ ।
व्यवसायीले हटाउन बाँकी रहेका पर्खाल हटाएर पुरै जमिन खाली गराए वारपार स्पष्ट गराएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड जिल्ला, प्रदेश र केन्द्रको टोलीले आफ्नो जमिन व्यवस्थापन गराएका छन । विगतको जस्तो ठेकेदारलाई भाडामा दिने मापदण्ड विपरित घर संरचना बनाउन दिने अतिरिक्त रकम लेनदेनका जस्ता आर्थिक अपराध न्यूनिकरण गर्दै खाद्यले जमिन सदुरुपयोगमा ध्यान दिनुपर्ने स्थानीयको सुझाव छ । खाद्यमा बसेका व्यवसायीहरुलाई २५बैशाख र नेपाल बाल संगठनको जमिन भाडामा बस्दै आएकाहरुलाई बैशाख मसान्तसम्ममा समय दिएको छ । जस अनुरुप बाल संगठनको जमिनमा बस्दै आएहरुहरु समेत आफै घर खाली गर्न लागेका छन ।






