दोधारा चाँदनी नगरपालिकाले किसानलाई बाँड्न थाल्यो अनुदानमा धानको उन्नत बिऊ, ८० क्विन्टल बिऊ वितरण गरिने

दोधारा । दोधारा चाँदनी नगरपालिका कार्यालय कृषी शाखा कार्यालयले अनुदानमा उन्नत धानको बिउ वितरण गर्न सुरु गरेको छ् । ५० प्रतिशत अनुदानमा दोधारा चाँदनी नगरपालिका कृषी शाखा कार्यालयले आजबाट धानको बीउ वितरण गर्न थालेको हो । दोधारा चाँदनी नगरपालिका– ४ का वडाध्यक्ष भक्त बहादुर सुनार, दोधारा चाँदनी नगरपालिका कृषी शाखा कार्यालयका प्रमुख कमलापती भट्ट, नगर पशु शाखाका शाखा प्रमुख कृष्ण सिंह साँउद लगाएतले धानको बीउ वितरणको सुरुवात गरेका हुन् । यस वर्ष ८० क्विन्टल धानको बीउ वितरण गरिने नगर कृषि शाखाका शाखा प्रमुख कमलापती भट्टले जानकारी दिएका छन् ।

आर्थिक वर्ष २०८०/०८१ को संघिय सशर्त अनुदान कार्यक्रम ‘खाद्यान्न वालीको उन्नत बिउ उपयोगमा अनुदान’ कार्यक्रम अनुसार बहुगुणी– १, सुख्खा धान– ३, हर्दिनाथ– ५, राधा– ४, सावा मंसुली सव– १ उन्नत जातका धानका बिउ ५० प्रतिशत अनुदानमा बितरण कार्य सुरु गरिएको शाखा प्रमुख कमलापती भट्टले बताएका छन् । दोधारा चाँदनी नगरपालिका क्षेत्रमा करिब २१ सय हेक्टर जमिनमा धान खेती गरिन्छ् । बहुगुणी– १, सुख्खा धान– ३, हर्दिनाथ– ५, राधा– ४, सावा मंसुली सव– १ नेपाल सरकारले सुचिकृत गरिएका उन्नतजातका धानका बिउहरु हुन् ।

बिगतका दिनहरुमा सिमावर्ती भारतिय बजारबाट खरिद गरेर किसानहरुले धान खेती गर्दै आएपनि बिगत केही नेपाल सरकारले सुचिकृत गरेका धानका बिउहरु प्रयोग गर्दै आएको कृषी शाखा कार्यालय दोधारा चाँदनीले जनाएको छ् । किसानहरुको माँग बमोजिम धानका बिउ बितरण गरिएको हो ।

ताजा समाचार